शिक्षा

मानवसेवा आश्रमलाइ समाजसेवी राजभण्डारीद्वारा ५१ हजार सहयोग

"दानले धन घट्दैन, मनको महानता बढ्छ भन्ने महान नारासाथ मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) बागलुङ शाखाको भवन निर्माण र अक्षयको श्रीवृद्धिको अभिष्टले आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ-२०८२"काे पाचौं दिन सहयोग गर्ने क्रम जारी रहेको छ । बागलुङ नगरपालिका वडा नम्बर -३, निवासी परोपकारी मनका धनि लालचन्द्र राजभण्डारी /शोभा राजभण्डारीद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताको निम्ति नगद (एकाउन्न हजार) स-प्रेम योगदान गर्नु भएको छ। समाजसेवी राजभण्डारीले केही बर्ष अघि आश्रमको लागि१ लाखकाे अक्षयकोष स्थापना गरि रकम प्रदान… पुरा पढौ

सिगानावासीद्वारा मानवसेवा आश्रमलाई १७ लाख सहयोग

बागलुङ । “सामूहिक प्रयासले ठूलो काम सम्भव हुन्छ” भन्ने उदाहरण प्रस्तुत गर्दै बागलुङ नगरपालिका–८ सिगानावासीहरूले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ उल्लेखनीय योगदान गरेका छन्। श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा सोमबार सिगानावासीहरूको तर्फबाट आश्रमलाई १७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो। वडाध्यक्ष छमबहादुर कार्कीको नेतृत्वमा भजन–कीर्तन र बाजागाजासहित निरयघाटस्थित महायज्ञस्थलमा पुगेका सिगानावासीहरूको बाक्लो उपस्थितिले स्थल भक्तिमय र उल्लासपूर्ण बनेको थियो। वडा कार्यालयको पहलमा सम्पूर्ण वडावासीको सहभागितामा सानो–ठूलो रकम संकलन गरी उक्त सहयोग जुटाइएको हो। प्रत्येक नागरिकले आफ्नो आर्थिक अवस्था… पुरा पढौ

अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले आश्रम निर्माणमा सहयोग

बागलुङ । सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा देश तथा विदेशबाट सहयोगी हातहरू अगाडि बढिरहेका छन्। मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले सहयोग गरेको छ। समाजले आश्रमको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्माले बताउनु भयो । महायज्ञबाट संकलित रकम शाखाको भवन निर्माणमा खर्च गरिने सहयोग गर्ने दाताको नाममा काेठामा पहिचान खुल्ने गरि नामाकरण गरिने छ। महायज्ञ २८… पुरा पढौ

बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने अभियान सुरु

काठमाडौँ — सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत आजदेखि देशभर अभियान सुरु गरेको छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ— पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते। तर, यस वर्ष तिहार पर्व परेकाले पहिलो चरणको कार्यक्रम कात्तिक २० र २१ गतेका लागि सारिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई… पुरा पढौ

डा. तरुण पौडेल चिकित्सा कोषको १३औं वार्षिकोत्सव तथा १०औं सम्मान/पुरस्कार कार्यक्रम सम्पन्न

काठमाडौं — डा. तरुण पौडेल चिकित्सा कोषको १३औं वार्षिकोत्सव तथा १०औं सम्मान/पुरस्कार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न योगदानकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो। स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित गरिने यस कार्यक्रममा निम्न व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो: प्रा. डा. पुकारचन्द्र श्रेष्ठ अनमी जानकी पुजारा (बैतडी) सि.अ.हे.ब. जयप्रकाश कोइरी (पोखरा) समाजसेवी रेवतीरमण पौडेल तथा शान्ता देवी पौडेल (लेखनाथ) समाजसेवी अनुपमान सैंजु तथा रारा सैंजु (बुटवल) त्यस्तै, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी मौसम… पुरा पढौ

मानसिक स्वास्थ्य सचेतना सन्देशसहित बाइक र्याली सम्पन्न

बागलुङ, अक्टोबर ७ — सप्ताहव्यापी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा शनिबार मानसिक स्वास्थ्य सम्बन्धी सन्देशसहितको बाइक र्याली सम्पन्न भयो। कार्यक्रममा सहभागीहरूले प्लेकार्ड बोकेर बजार परिक्रमा गरे, जसमा मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। र्यालीको विशेषता भनेको ‘नो हर्न’ अभियान थियो, जसअन्तर्गत कम ध्वनि प्रदूषणमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने क्लब अध्यक्ष लायन राजेश भारी तथा सम्पूर्ण लायन लिडरहरूलाई कार्यक्रम संयोजक लक्ष्मण… पुरा पढौ

मालिका सेवा समाजद्वारा २० जना सेवा निवृत्त शिक्षकलाई सम्मान

बागलुङ असाेज १० २०७३ सालमा सामाजिक शैक्षिक खेलकुद र स्वास्थ लगायतका क्षेत्रमा सेवा गर्ने उदेश्यका साथ स्थापना भएको मालिका सेवा समाज बागलुङले बिजया दशमी तथा दिपावलीकाे अवसरमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षकहरूलाइ सम्मान गरेको छ । बागलुङ सदरमुकाममा एक कार्यक्रम गरेर बागलुङको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाएकाे भन्दै समाजले २० जना सेवा निवृत्त शिक्षकहरूलाई सम्मानपत्र नेपाली ढाका टाेपी रूद्राक्षयकाे माला लगाएर सम्मान गरिएको थियो । बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाकाे सामुदायिक बिद्यालयमा अध्यापन गराएर शैक्षिक सेवाकाे क्षेत्रमा भुमिका… पुरा पढौ

कसरी मनाउँ दशै म ?– बिन्दु पौडेल, स्याङ्जा

न्यायको गजुर झुक्दाअलिकति आगो,अलिकति मौनता,र धेरै–धेरै घाइते अनुहारहरूदेख्छु म यो बेला। नेपाल आमा ICU मा हुँदाकसैको अनुहार ढाकिएको देखिन्छदेशभक्तिको मुखुण्डोले।छातीमा चोट थपिएको छ—कहिँ धर्मको नाममा,कहिँ जातको नाममा,स्वार्थ बोकेर,कहिँ क्रान्तिको नाममा,र कहिँ मौन बस्नुको नाममा। सिंहदरबार जलिरहँदाधुवाँसँगै संविधानका धाराहरू उडेको देख्दा,खरानीको थुप्रोमा बसेर मसोचिरहेकी छु—कुन निधारमा टीका लगाउने ?जब टाउको नै छैन,म कसरी मनाउँ दशै ? बिरक्तिएकी छु म आज,दशैंको टीका जस्तै रातो रङलेलतपतिएका सडकहरू हेर्दा।त्यही रातो रङ थियोमेरा छोरा–छोरीको रगत,जो परिवर्तनको गीत गाउँदाछिनभरमै अस्ताए।यो बेलाम कसरी मनाउँ दशै ? नयाँ… पुरा पढौ

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौं भदौ २० परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रका लागि केवल पेशा मात्र नभई एक मानवीय सेवा पनि भएको बताउनुभएको छ। काठमाडौँमा सुरु भएको ‘एसिया प्यासिफिक केयर लर्निङ’ सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै मन्त्री राणाले भन्नुभयो, “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी सम्पूर्ण कार्यहरूलाई केवल पेशा वा जागिरको रूपमा मात्र हेर्नु हुँदैन, यो त एक मानवीय सेवा हो।” उहाँले हेरचाह कार्यको अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रिय स्तरमा यसको मूल्याङ्कन न्यून भएको र… पुरा पढौ

रोटरी क्लब ज्ञानेश्वरको पाँचौं चार्टर दिवस भव्य रूपमा सम्पन्न

रोटरी क्लब ज्ञानेश्वरले आफ्नो पाँचौं चार्टर दिवस समारोह भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय कार्यहरू सम्पन्न गरेको छ, जसले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। समारोहको अवसरमा क्लबले सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिलाई दुईवटा ह्वीलचेयर प्रदान गरेको छ। तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा अपांगता भएका व्यक्तिहरूको सुविधालाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको हो। यस कार्यले कुण्डमा पहुँच र सेवा प्रवाहलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ। रोटरियन रसुमिला श्रेष्ठको नेतृत्वमा… पुरा पढौ