राजनीति

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

तीन दिने नेपाल भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुग्नु भएको छ । दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्किएका विदेशमन्त्री वाङ पाकिस्तान, अफगानिस्तान, भारत हुँदै आज दिउँसो काठमाडौं आइपुग्नुभएको हो । २५ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै काठमाडौं उत्रिएका वाङ बत्तिसपुतलीस्थित द्वारिका होटेलमा बस्नुभएको छ । वाङले औपचारिक भेटघाट भने भोलि बिहानदेखि मात्रै गर्नुहुनेछ । स्रोतका अनुसार आज साँझ उहाँले चिनियाँ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनुभएको छ । भ्रमणको दोस्रो दिन भोली उहाँले काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने शिवपुरी… पुरा पढौ

वार्ता टोलीका सदस्य नै जनप्रतिनिधिका आकांक्षी

बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुने लगभग निश्चित जस्तै भएपछि चुनावी गतिविधि ह्वात्तै बढेर गइरहेको छ । बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा राजनीति गठबन्धन गरि निर्वाचनमा के कसरी जान सकिन्छ भन्ने हिसाबले जिल्लामा रहेका राजनीति पार्टी संग वार्ता गर्न वार्ता टोलि गठन भइरहेको छ । यतिबेला चुनावमा वार्ता गर्न गठित टोलीका नेताहरू नै धमाधम गाउँ तथा नगरप्रमुख उमेदवारको आकांक्षी भएको खबर पनि आइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहमा वार्ता… पुरा पढौ

‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया

‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानमा गण्डकी प्रदेश समितिले संचालन गरेको ‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दैनेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काँग्रेसले समाज परिवर्तनको संकल्प बोकेर जनता माझ आएको बताएका छन । शर्माले देशका हरेक राजनिति तथा समाजिक परिवर्तनमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको र अबको पविर्तनका निम्ती पनि दृढ संकल्पका साथ जनताको माझमा आएको बताए ।‘हिजो पञ्चायत र राणा शासनको अन्त्यमा काँग्रेसको भुमिका हेरौं, नेता शर्माले भने,–‘लोकतन्त्र र… पुरा पढौ

नेपाली कांग्रेस (वी.पी.)ले ग¥यो निर्वाचन कार्यालय बागलुङमा दल दर्ता

स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस (वी.पी.) जिल्ला कार्यसमितिले जिल्ला निर्वाचन कार्यालय बागलुङमा दर्ता गरेको हो । नेपाली कांग्रेस (वी.पी.)बागलुङका सभापति धना आचार्यले बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उमेदवारी दिनको लागि आइतबार दर्ता गरेको बताउनु भयो । नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। यसपटक नेपाली कांग्रेस (वी.पी.)ले बागलुङको स्थानीय तहमा यसपटक महत्त्वपूर्ण पदमा उमेदवारी दिने तयारी रहेको आचार्यले बतानु भयो । बैशाख… पुरा पढौ

बेनी नगरपालिकाको नगर प्रमुखमा ३ पार्टीका ८ आकांक्षी

निर्वाचन आयोगले बैशाख ३० गते हुने निर्वाचनको उमेदवारी दिने कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा राजनीति गतिविधि बढेर गएको छ । स्थानीय तहको निर्वाचन गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी नगरपालिकाको नगर प्रमुखको नेतृत्व गर्नका लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट ८ जना आकांक्षी देखिएका छन् । गत स्थानीय तहको निर्वाचनमा उप विजेता बन्नु भएका एमाले गण्डकी प्रदेश सदस्य प्रमोद कुमार श्रेष्ठ यसपटकको निर्वाचनमा बेनी नगरपालिकाको नगर प्रमुखमा सशक्त दाबी रहेको हिडन खबर लाई बताउनु भयो । गत स्थानीय तहको निर्वाचनमा… पुरा पढौ

तमानखोला गाउँपालिकाको अध्यक्षमा दुई पार्टीका ५ आकांक्षी

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको वातावरण बन्दै जान थालेपछि गाउँ गाउँमा राजनीतिक पार्टीको चुनाव केन्द्रत गतिविधि बढ्दै जान थालेको छन् । बागलुङ जिल्लाका ६ वटा गाउँपालिका मध्य पश्चिम तमानखोला गाउँपालिको नेतृत्व हात पार्नको लागि राजनीति पार्टीको सक्रियता बढेर गएको छ । तमानखोला गाउँपालिकामा यसपटक फेरि नेतृत्व गर्नको लागि वर्तमान गाउँपालिका अध्यक्ष जोकलाल बुढा अगाडि देखिनु भएको छ । गाउँपालिकामा ५ बर्षको अवधीमा जनताले अनुभूती गर्ने गरि विकासको मार्ग कोरेकोले आफुले शुरूवात गरेकोे महत्त्वपूर्ण विकास निर्माणकार्य पुर्णता दिन… पुरा पढौ

स्थानीय तह निर्वाचन: बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न राजीनामा अनिवार्य

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । राजपत्रमा बिहीबार जारी स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार पदमा बहाल रहेर जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने भएका हुन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक पदमा बहाल जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गर्नुपर्ने आचारसंहिता बनाइएको हो । अब स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्दा राजीनामा पत्र दर्ता गरेको प्रमाण समेत पेस गर्नुपर्ने छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहिता दफा ३६ मा… पुरा पढौ

निसीखाेला गाउँपालिकाकाे अध्यक्षमा ३ दलका ५ आकांक्षी

निर्वाचन मिति जतिजति नजिकिदैछ त्यतित्यति राजनीति पार्टीका गतिविधि तिब्रगतिमा अगाडि बढिरहेका छन । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ६ वटा गाउँपालिका अन्तर्गत निसीखाेला गाउँपालिकाकाे अध्यक्ष पदकाे नेतृत्व हातपार्न प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस, एमाले, निसीखाेला गाउँपालिकाकाे अध्यक्षमा ३ दलका ५ आकांक्षी देखिएका छन । निर्वाचन मिति जतिजति नजिकिदैछ त्यतित्यति राजनीति पार्टीका गतिविधि तिब्रगतिमा अगाडि बढिरहेका छन । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ६ वटा गाउँपालिका अन्तर्गत निसीखाेला गाउँपालिकाकाे अध्यक्ष पदकाे नेतृत्व हातपार्न प्रमुख राजनीतिक पार्टी नेपाली… पुरा पढौ

ताराखोला गाउँपालिकाको अध्यक्षमा ३ दलका ५ आकांक्षी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन झण्डै दुई महिना बाकी रहदै गर्दा स्थानीय तहको नेतृत्व हात पार्नका लागि यतिबेला राजनीति पार्टीका नेताहरू राजनीति जोडघटाउमा छन् । बागलुङको ताराखोला गाउँपालिकामा नेतृत्व गर्नका लागि वर्तमान गाउँपालिका अध्यक्ष प्रकाश घर्ती यसपटक पनि आकांक्षी रहेको हिडन खबरलाइ बताउनुभयो । ताराखोलामा थुप्रै विकास निर्माणका काम गरेको र कतिपय काम अझै अधुरो रहेको हुँदा त्यसलाई पूरा गर्न र ताराखोलालाई नमुना गाउँपालिका बनाउन आफु यसपटक पनि दोहोरीन चाहेको ताउनुभयो । यस्तै नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी… पुरा पढौ

बागलुङको बरेङ गाउँपालिका प्रमुखमा ३ पार्टीका ६ आकांक्षी

स्थानीय तहको निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको लागि बिज्ञापन खोलेपछि जिल्लामा निर्वाचन गतिविधि ह्वात्तै बढेर गएको छ । बागलुङ जिल्लाको ६ वटा गाउँपालिका मध्य दक्षिण भेगको बरेङ गाउँपालिकाको नेतृत्व गर्न मुख्य ३ राजनीतिक पार्टीका ६ जना आकांक्षी देखिएका छन् । अहिले गाउँपालिकाको नेतृत्व गरिरहनुभएका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पा‌डेल बैशाख ३० गते हुने निर्वाचनको लागि आफु आकांक्षी रहेको हिडन खबरलाई बताउनु भयो । ५ बर्षसम्म गाउँपालिका संचालन गर्दै गर्दा आफ्नो कार्यकालमा गरेका थुप्रै महत्त्वपूर्ण योजना पूरा गर्न बाकी रहेको कारणले… पुरा पढौ