
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै स्थानीय तहको निर्वाचनमा उमेदवार हुनका लागि डौडधुप शुरू भएको छ ।
बागलुङ जिल्लाको सदरमुकाममा रहेको बागलुङ नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष हुनका लागि नेपाली कांग्रेसका उमेदवारको चर्चा परिचर्चा हुन थालेको छ ।
आगामि बैशाख ३० मा निर्वाचन हुने निश्चित बन्दै गएपछि बजारका चोक तथा चिया पसल देखि पार्टी कार्यालयमा समेत आआफ्नो पक्षमा उमेदवारीको आकांक्षी प्रस्तग गर्नेहरुको चर्चा हुन थालेको छ ।
गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष गुमाएको नेपाली कांग्रेसले यसपटक विजयी बन्ने हिसाबकिताब गरेर अगाडि बढेको छ । यसपटक नेपाली कांग्रेस वडा नम्बर २ का वडा सभापति अमर खड्काले वडा अध्यक्षका लागि आफ्नो सशक्त दावी रहेको बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिका वडा नम्बर २ को वडा सदस्य अर्जुन घिमिरेले धेरै पटक वडा अध्यक्षको कार्यवाहक चलाइसकेको कारणले पनि आफु यसपटक अध्यक्षको आकाक्षी भएको हिडन खबर लाई बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस पार्टीको लागि लामो समयदेखि आफ्नो योगदान भएको कारणले यसपटक वडा अध्यक्षको लागि आकांक्षी रहेको बिदेश कुमार श्रेष्ठले हिडन खबर लाई बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि कर्ण बहादुर हमाल पनि पार्टीमा सर्वसम्मत हुने वातावरण भएमा आफुपनी वडा अध्यक्षको लागि आकांक्षी रहेको हिडन खबर लाई बताउनुभयो ।
बागलुङ नगरपालिकाको १४ वटा वडा मध्य बागलुङ सदरमुकाममा रहेको वडा नम्बर २ मा नेपाली कांग्रेसको बलियो संगठन भएको कारणले पनि यतिबेला कांग्रेसमा वडा अध्यक्ष बन्ने महत्वाकांक्षी बढी देखिएका छन् ।












