बागलुङ नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रका ७ आकांक्षी

-


     हिडन खबर    
     चैत्र १४ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने सुनिश्चित भएपछि बागलुङ नगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा ७ जना आकांक्षी देखिएका छन् ।

बागलुङ नगरपालिकाको नगर प्रमुखको लागि गण्डकी प्रदेश सदस्य कुमार बिक्रम क्षेत्री ,यज्ञबल्लव शर्मा, गण्डकी प्रदेश सल्लाहकार ,बद्री प्रसाद शर्मा ,गण्डकी प्रदेश सदस्य कुसुम बुढा ,माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य मुकेशचन्द्र राजभण्डारी, माओवादी जिल्ला समन्वय समितिका सदस्य गगन पुन र नगर समितिका सचिव राजु खड्का आकांक्षी रहेको हिडन खबर लाई बताउनुभयो ।

यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस ,माओवादी केन्द्र र राजमो बिच जिल्लामा चुनावी तालमेल गर्ने भन्दै पार्टी स्तरमा वार्ता छलफल चलिरहेको भएपनि अहिलेसम्म केकसरी गठबन्धन गर्ने भन्ने बारे टुंगोमा भने पुगिनसकेको हिडन खबर लाई बताउनुभयो । निर्वाचन गठबन्धन नभएको खण्डमा यसपटक माओवादी छुट्टै निर्वाचनमा जाने तयारीमा रहेको बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा नगर प्रमुख उप प्रमुख पदमा उमेदवारी दिएर स्थानीय स्तरमा तालमेल हुन नसकेपछि उमेदवारी फिर्ता लिएको कारणले माओवादी कार्यकर्तामा ठूलो निराशा छाएको थियो ।