बागलुङमा पाँच दलीय गठबन्धन गर्ने सहमति

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र २० गते २०७८ मा प्रकाशित




बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा प्रमुख राजनीतिक दलहरू चुनावी गठबन्धन गर्ने तयारीमा लागेका छन् ।

नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र , राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्नका लागि संयुक्त बैठक शुरू गरेको नेपाली कांग्रेस पार्टीका सभापति जीत बहादुर शेरचनले बताउनुभयो ।

बागलुङ जिल्लाकाे ४ वटा  नगरपालिका र ६ वटा गाउँ पालिका मा जिल्ला क्रियाशील ५ वटा राजनीति पार्टी बिच चुनावी तालमेल गरेर प्रतिगमन बिरूद्वकाे लडाइँमा एकजुट हुन जरुरी रहेको एकीकृत समाजवादीका गण्डकी प्रदेश ईन्चार्ज रामजी प्रसाद शर्माले बताउनुभयो।

गठबन्धनमा रहेका ५ राजनीतिदलले आजबाट बसेकाे बैठकले
सबै पार्टी लाई मान्य हुने गरि चुनावी गठबन्धन गरेर जाने बारे छलफल प्रारम्भ गरिएको राजमाेका नेता राजेन्द्र ढुगांनाले बताउनुुभयो ।