मेयरका आकांक्षी खड्कालाई हिडन खबरका ७ प्रश्न

- के भन्छन आकांक्षी खड्का

-


     राजनैतिक व्यूरो    
     चैत्र १६ गते २०७८ मा प्रकाशित


आगामी स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बागलुङ नगरपालिकाको मेयर पदमा आकांक्षी रहेका कुमार खड्कालाई हिडन खवर राजनैतिक व्यूरो द्वारा तयार पारिएका जनआवाज बोल्ने ७ प्रश्न र खड्काका उत्तर ।

स्थानिय तहको निर्वाचनमा तपाईँको उम्मेदवारी के को लागी ?
स्थानिय सरकार राज्यको सबैभन्दा तल्लो तहको निकाय जसले जनजिविकाको पक्षमा विकास गर्छ भन्ने महसुस गराउन ।

गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा कत्तिको सान्दर्भिक जस्तो लाग्छ ?
देश संघिय संरचनामा गईसकेपछिको सबैभन्दा सुनौलो रुप स्थानिय तहको सरकार हो त्यसकारण यो नारा सान्दर्भिक छ तर स्थानिय तहको काम कर्तव्य सोही अनुरुप भयो भएन त्यो भने समिक्षाको विषय छ ।

स्थानिय तहका जनप्रतिनिधिले जनताको भावनालाई समेट्न नसकेको गुनासोलाई कसरि सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ ?
हो, संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य व्यवस्था प्रति जनताको अपेक्षामाथि र जनप्रतिनिधिको कार्यशैलि केहीतल पर्दा यी गुनासाहरु आउनु स्वभाविक हो, तर मलाई लाग्छ जनप्रतिनिधिहरु आधारभुत विषयमा कार्यान्वयनका लागी ध्यान पुराउने हो भने सबै भावनालाइ समेट्न सकिन्छ भन्ने विश्वास लाग्छ ।

अहिले जनप्रतिनिधि स्वयं ठेक्का पट्टामा लाग्ने प्रवृत्तिलाई कसरि अन्त्य गर्नुपर्छ जस्तो लाग्छ ?
“निकैनै जल्दोबल्दो विषय उठान गर्नु भो, विकास निर्माणका कामहरु गर्ने सन्दर्भमा हाम्रा जति पनि प्रक्रियाका विषयहरु तिँ प्रक्रियाहरु कुनैपनि अवस्थामा पुरा गरेर कामगर्न सकेमा मलाई लाग्छ यो विचका अप्ठ्याराहरु सबै हटेर जानेछन र सार्वजानिक खरिद ऐनले देखाएको बाटो हरेक स्थानिय तहले ईमान्दारपुर्वक सहि ढंगले प्रयोग गर्ने हो भने नादावाद कृपावाद आँफै हटेर जानेछन र त्यो प्रश्नपनि समाधान हुन्छ भन्नेमा विश्वस्त छु ।

शिक्षा स्वास्थ्य जस्तो संवेदनशिल विषयमा स्थानिय तह अझै पनि गम्भिर बन्न नसक्दा जनताले पाउने सेवा सुविधा प्रभावकारी हुन नसकेको गुनासो लाई कसरि सम्बोध नगर्ने तपाईको के योजना छ?
हो, हाम्रा स्थानिय तहहरुमा एक त बजेट विनियोजनका सन्दर्भमा नै शिक्षा, स्वास्थ्य लगाएतको आधारभुत पक्षमा औषत मानिकै कम रेन्जमा देखिन्छ र अर्काे भनेको कार्यान्वयनको योजनामामा समस्या हो यसलाई आधारभुत तहका योजना सहित बजेट विनियोजन र कार्यान्वयनको तालमेल मिलाउनु पर्छ भन्ने लाग्छ ।

भड्किलो र खर्चिलो निर्वाचन प्रणालीबाट जनप्रतिनिधि हुँदै गर्दा साँच्चिकै यसबाट जनताको सेवागर्न सकिन्छ भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ?

एकातिर त्यो अप्ठ्यारो पाटो पनि छ तर, म आँफ्नो सन्दर्भमा धेरै सामाजिक संघ संस्थाको नेतृत्व गरिसके र अवका दिनमा निर्वाचन मार्फत नितान्त जनाताको सेवामा मात्रै मैले समय दिन चाहान्छु र सक्छु पनित्यो हिसाबले म जनताको मन बुझ्ने गरि सेवादिन सक्छु भन्ने कुरामा विस्वास गर्छु ।
बागलुङ नगरलाई सुन्दर बनाउन तपाईको के योजना छ ?
यो जिल्लामात्रै नभएर धौलागिरीका ४ जिल्लाकै केन्द्र भागमा रहेको र विशेष महत्वका साथ हेरिएको यो बागलुङ नगरपालिकाको विकास र यहाँका जनताको जिवनस्तर उकास्न निकै धेरै काम गर्नु पर्ने छ ।