नगरप्रमुख पौडेलले दिए घोडा उपहार

- पौडेलले ब्यक्तिगत रूपमा खरिद गरेको घाेडा रिजाललाई उपहार

-


     हिडन खबर    
     चैत्र १८ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले घोडा उपहार दिएका छन् ।

पौडेलले ब्यक्तिगत लगानीमा खरिद गरेको घाेडा नगरपालिकामा पर्यटन प्रबर्द्धनकाे लागि जनता पार्टीका अध्यक्ष तिलकबहादुर रिजाललाई हस्तान्तरण गर्नुभएको छ । आजभन्दा ५ बर्ष अघि ढाेरपाटनमा खरिद गरिएको घाेडा काेराेनाका कारणले चलाउन नसकि त्यसै बसिरहेको थियो ।

अहिले त्यसलाई पर्यटन प्रवर्द्धनकाे लागि भन्दै तिलक बहादुर रिजालले चलाउने भने पछि हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलले हिडन खबरलाई बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर २ निवासी राजनीतिक रूपमा जनता पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनु भएका रिजालले बागलुङ नगरपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने उदेश्यले एउटा घाेडा नगर प्रमुख पाैडेलले ब्यक्तिगत रूपमा प्रदान गर्नुभएको तिलक रिजालले हिडन खबर लाई बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा रहेको बिश्व कै सबैभन्दा लामाे झाेलुङ्गेपुल, कालीका मन्दिर, पन्चकाेट लगायत नगरका भित्रका पर्यटकीय केन्द्रसम्म घाेडा चढेर जान चाहने पर्यटकलाई लक्षित गरि कार्यक्रम बनाएको रिजालले बताउनुभयो ।

माेटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, बस लगायतका सवारी साधन प्रयोग गर्दै आएका आन्तरिक तथा बाह्य पर्यटक पर्यटकीय स्थल घुम्न आउँदा घाेडा चढेर आनन्द लिने क्रम बढेर गएपछि घाेडाकाे माग समेत बढेर गएको छ ।