बागलुङ नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा एमालेका ७ आकांक्षी,कस्ले पाउटा टिकट ?

-


     हिडन खबर    
     चैत्र १३ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन नजिकिदै गएसंगै बागलुङ नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षका आकांक्षीहरुले पार्टीबाट टिकट ल्याउने दाउँमा लविङ सुरु गरेका छन् ।

बैशाख ३० गते हुने निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्बर ३ बाट ४ हजार ५ सय ६२ मतदाताले मतदान गर्न पाउने छन् । यसपटक बजारको बुद्व विहार,धौलागिरि बीरेन्द्र माध्यमिक बिद्यालय रात्माटा र सरस्वती प्राबि सिम्ले गरि ३ मतदान केन्द्रमा मतदाताले मतदान गर्न पाउने ब्यबस्था निर्वाचन कार्यालय बागलुङले मिलाएको छ ।

बागलुङ नगरपालिकाका १४ वडा मध्य सवै भन्दा बढी मतदाता रहेको वडा नम्वर ३ मा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट वडा अध्यक्ष बन्नको लागि ७ जना आकांक्षी चर्चामा छन् ।

चुनाव नजिकिए संगै वडा अध्यक्ष भएर वडा हाक्न वर्तमान वडा सदस्य कमल खड्का ,एमाले जिल्ला सचिवालय सदस्य पुनम प्रसाद शर्मा ,एमाले जिल्ला सचिवालय सदस्य रूद्र बहादुर महत, हुमादेवी खड्का ,दीपक गौतम, एमाले गण्डकी प्रदेश सदस्य बैकुण्ठ सापकोटा र एमालेका साधारण सदस्य नवीन किसान आकांक्षी देखिएका छन् ।

एमालेका अधिकांश आकांक्षी यसपटक निर्वाचनमा जसरी भएपनि पार्टीको तर्फबाट उमेदवार बन्ने र पार्टीले तालमेलको नाममा अर्को पार्टी लाई वडा नम्बर ३ छोड्न नहुने साझा धारणा रहेको हिडन खबर लाई बताए ।

जिल्ला तहमा एमालेले कसरी चुनावी गठबन्धन गर्ने हो भन्ने बारे अहिलेसम्म कुनै टुंगो लगाइसकेको छैन ।स्थानीय तहको निर्वाचनमा के कस्तो गठबन्धन हुने हो त्यसमा निर्भर हुने देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा एमाले, राप्रपा,र राजमो बिच चुनावी तालमेल गरि वडा नम्बर ३मा राजमोका उमेदवार लक्ष्मी बाँस्कोटा वडा अध्यक्षमा बिजयी हुनु भएको थियो ।