बागलुङ उद्योग बाणिज्य संघको स्वागत

-


     हिडन खबर    
     चैत्र १५ गते २०७८ मा प्रकाशित


बागलुङ उद्योग बाणिज्य संघले बागलुङमा सरूवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधी ज्ञावली लाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बैशाख ३० गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि जिल्ला भित्र रहेका सबै मतदान केन्द्रको अध्यन अवलोकन गरिसकेको हुदा यसपटक हुने निर्वाचन शान्तिपूर्ण हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

प्रशासन र ब्यबसायी बिच सहकार्य हुन जरुरी रहेको प्रजिअ ढकालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले प्रहरी प्रशासन र उद्योग बाणिज्यको सम्बन्ध सुमधुर रहेको मात्रै समस्या पर्दा मात्रै हैन समस्या नपर्दा पनि सम्बन्ध भइरहेको खण्डमा राम्रो हुने धारणा राख्नुभएको थियोे ।

बागलुङको बहुचर्चित रूपा गौतम हत्याकाण्ड बारे प्रहरी प्रशासन लागिरहे पनि अहिलेसम्म सफलता हासिल गर्न नसकेको हत्याकाण्ड बारे प्रहरीको प्रयास जारी रहेको प्रहरी उपरीक्षक ज्ञावलीले धारणा राख्नुभएको थियो ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बागलुङ उद्योग बाणिज्य संघ ब्यबसायीकको हकहितको लागि काम गर्दै आएको ,समाजमा सामाजिक उत्तदायीत्व सहितको काममा समेत अगाडि रहेको बताउनुभयो ।

कोरोना भाइरसको महामारीको बेलामा संघले धेरै मजदुर लगायतका ब्यक्ति लाई सहयोग गरेको धारणा राख्नुभएको थियोे । जिल्लामा प्रहरी प्रशासन संग मिलेर सहकार्य गरिरहेको यसलाई निरन्तरता दिएर जानुपर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो । बागलुङ जिल्लामा श्रृङखला बद्व रूपमा हुदै आएको चोरीका घटनाका अपराधीलाई प्रहरीको सक्रियता पछि पक्राउ गर्न सफल भएको कारणले बागलुङमा शान्ति सुरक्षाको वातावरण बन्दै गएको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका सल्लाहकार देबबहादुर श्रेष्ठ ,महिला उद्घमी संघका अध्यक्ष भगवती केसी , लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रम धन्यवाद ज्ञापन संघका बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबु र उप महासचिव थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियोे ।