बागलुङ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादीका ४ आकांक्षी

-


     राजनीति ब्यूरो    
     चैत्र १६ गते २०७८ मा प्रकाशित


बागलुङ स्थानीय तहको निर्वाचन नजिकिदै जान थालेपछि स्थानीय तहमा चुनाव लड्नका लागि राजनीतिक दलका नेताहरू सक्रिय हुन थालेका छन् ।

बैशाख ३० गते हुने निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बन्नको लागि माओवादी केन्द्रमा अहिलेसम्म ४ जना आकांक्षी देखिएका छन् । सत्ता घटक गठवन्धन गरिरहेका दलहरुको संयुक्त गठबन्धन हुने संभावना बढेर गएपछि वडा अध्यक्ष बन्नका लागि राजनीति दौडधुप समेत बढेर जान थालेको छ ।

बागलुङ नगरपालिकाको १४ वटा वडा मध्ये वडा नम्बर ३ मा माओवादी केन्द्रको बलियो जनआधार भएको भन्दै यसपटक गठबन्धन भएपनि वडा नम्बर ३ माओवादीले लिनु पर्ने भन्दै वडा अध्यक्षका आकांक्षी बिस्तारै खुल्दै जान थालेका छन् । माओवादी केन्द्रबाट बाबुलाल शाक्य ,निरज शाक्य ,माओवादी केन्द्र बागलुङ नगर समितिका धनमाया शर्मा र माओवादी केन्द्र वडा नम्बर ३ का वडा समितिका अध्यक्ष राजन शर्मा ले बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षका आकांक्षी भएको हिडन खबरलाई बताउनु भयो ।