
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुने लगभग पक्का पक्की भएसंगै राजनीति पार्टीका नेता तथा कार्यकर्ता राजनीतिक भेटघाटमा ब्यस्त देखिएका छन् ।
बागलुङ जिल्लाको १० वटा स्थानीय तहमा के कसरी गठबन्धन गरेर जाने भन्ने बारे छलफल चलिरहेको बेला स्थानीय तहको वडा हाक्न यतिबेला राजनीतिक पार्टीका आकांक्षी देखिन थालेका छन् । बागलुङ नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा एमालेले निर्वाचन जितेकोमा यसपटक पनि आफ्नो बर्चस्व कायमै राख्न लागिपरेका छन् ।
५ वर्षे जनप्रतिनिधिको कार्यकालमा आफुले जनता संग बाचा गरेको थुप्रै काम गर्न बाकी रहेको कारणले एक कार्यकाल पार्टीले विश्वास गरेको खण्डमा पुन दोहो¥याउने अहिलेका वडा अध्यक्ष दुर्गे वोहोराले हिडन खबरलाई बताउनुभयो । एमालेबाट वडा नम्बर १ को वडा अध्यक्ष हाक्नका लागि वडा सदस्य सुर्य लामिछानेले पनि आफुसशक्त दाबेदार भएको हिडन खबर लाई बताउनुभयो ।बागलुङ नगरपालिका भित्रका जनप्रतिनिधि मध्य जनताको काम सरल र सहज ढंगले गरेको हिसाबले पनि यसपटक आफ्नो दाबी स्वभाविक भएको लामिछानेले बताउनुभयो । यस्तै एमालेका जिल्ला कमिटीका पूर्व सदस्य कर्ण बहादुर बोहोरा, ,टकबहादुर बोहोरा ,एमाले नगर कमिटीका उपसचिव कृष्ण बहादुर कार्कीले यसपटक वडा अध्यक्षका लागि आफ्नो सशक्त दाबी रहेको हिडन खबर लाई बताउनुभयो । यस्तै वडा नम्बर १ को वडा अध्यक्ष हाक्नका लागि एमालेले यसपटक महिला नेतृत्व स्थापित गर्नुपर्ने सशक्त दाबी सहित वडा अध्यक्षका लागि आकांक्षी आफु चुनाव लड्ने नगर कार्यपालिका सदस्य लक्ष्मी बोहोराले बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षको लागि नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य जय केसीले आफ्नो सशक्त दाबी भएको बताउनुभयो ।
यस्तै माओवादी केन्द्र बाट वडा अध्यक्षका लागि रामप्रसाद शर्मा ,बिदुर शर्मा र बसन्त मल्ल आकांक्षी देखिएका छन् ।
बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गरेर जाने पार्टीको निति भएको हुदा गठबन्धनको बैठकले निर्णय गरेपछि मात्रै उमेदवारी बारे धारणा राख्ने एकीकृत समाजवादीका नेता भरत पुरीले हिडन खबर लाई बताउनुभयो ।
यसपटकको स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा जाने कांग्रेस ,माओवादी केन्द्र ,राजमो र एकीकृत समाजवादी पार्टी बिच पटकपटक वार्ता छलफल भएपनि अहिलेसम्म तालमेल के कसरी गर्ने भन्ने टुंगो लागिसकेको छैन ।












