अर्थतन्त्र

अग्रज लोकगायक चन्द्र शर्मा ‘संस्थागत सम्मान–२०८३’ बाट सम्मानित

बर्दिबास, असोज २३ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा लोकदोहोरी क्षेत्रका अग्रज व्यक्तित्व चन्द्र शर्मा ‘संस्थागत सम्मान–२०८३’ बाट सम्मानित भएका छन्। महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ को उद्घाटन समारोहमा शर्मालाई सम्मान गरिएको हो। प्रतिष्ठानको संस्थागत विकास, लोकदोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारको हकहितका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान प्रदान गरिएको जनाइएको छ। सम्मानस्वरूप शर्मालाई एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति… पुरा पढौ

कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप हुँदै

काठमाडौं, असोज २३ । बुर्तिबाङ राइजिङ क्लबले हरेक वर्ष आयोजना गर्दै आएको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप–२०८३ यस वर्ष ढोरपाटन नगरपालिकासँगको समन्वयमा हुने भएको छ। क्लबले काठमाडौंको पुतलीसडकस्थित सिप एन्ड स्किलमा पत्रकार सम्मेलन गर्दै कात्तिक ९ देखि १८ गतेसम्म मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो। मेलाको मुख्य आकर्षणका रूपमा पालिका स्तरीय पुरुष तथा वडा स्तरीय महिला भलिबल प्रतियोगिता, स्थानीय कला–संस्कृति झल्कने झाँकी तथा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरिने क्लबका अध्यक्ष सुरज विश्वकर्माले बताए। पुरुष भलिबल प्रतियोगिताको… पुरा पढौ

पुनर्निर्माणभन्दा अघि पुनर्विचार

भोटेकोसी–त्रिशूली विपद्ले सिकाएको पूर्वाधार, जोखिम र विकासको पाठ — इ. रमेश सुवेदी यस वर्षको भोटेकोसी–त्रिशूली बाढी र पहिरोले नेपाललाई एउटा कठोर प्रश्न सोधेको छ: हामीले विकासका नाममा निर्माण गरेका संरचना कति सुरक्षित थिए? र, अब हामी फेरि त्यही ठाउँमा, त्यही सोच र त्यही डिजाइनमा निर्माण गर्ने हो कि यसपटक नयाँ पाठ सिकेर अघि बढ्ने हो? सरकारको क्षति तथा आवश्यकता मूल्यांकनअनुसार यस विपद्बाट कुल क्षति तथा नोक्सानी करिब २.७ अर्ब अमेरिकी डलर पुगेको छ भने पुनःस्थापना तथा पुनर्निर्माणका लागि करिब ४.७… पुरा पढौ

दसैँअघि नै सञ्चालनमा आउँदै मालढुङ्गा पुल

बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्य तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय पोखराका अनुसार पुलको क्षतिग्रस्त पहुँचमार्गमा जियोब्याग र जियोग्रिड प्रविधि प्रयोग गरी चौबीसै घण्टा मर्मतको काम भइरहेको छ।असोज ११ गते आएको बाढीले करिब १ सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडक क्षति पुर्‍याएपछि मुख्य सडकबाट सवारी आवागमन रोकिएको थियो। पुल बन्द हुँदा बागलुङसँगै पर्वत तथा मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ जाने यात्रु र मालवाहक… पुरा पढौ

प्रवासमा रहेर नेपाली लोकसंगीतमा सक्रिय रामकृष्ण बम मल्ल उपाध्यक्षका उम्मेदवार

बागलुङ । नेपाली लोक तथा दोहोरीगीतको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय गायक तथा संगीतकार रामकृष्ण बम मल्लले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आगामी केन्द्रीय महाधिवेशनमा उपाध्यक्ष (खुलातर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। बागलुङलाई स्थायी घरका रूपमा चिनाउँदै हाल जापानमा रहेका मल्लले प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। प्रतिष्ठानको नेतृत्वमा रहेर कलाकारको हकहित, सम्मान तथा नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा थप योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको मल्लले बताएका छन्। नयाँ… पुरा पढौ

संगठन सुदृढ बनाउने संकल्पसहित शंकर बिरही गुरुङको उम्मेदवारी

बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा लोक तथा दोहोरी क्षेत्रका सक्रिय व्यक्तित्व शंकर बिरही गुरुङले संगठनिक उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। लोकसंस्कृति र मौलिक गीतसंगीतको संरक्षण तथा प्रवर्द्धनसँगै प्रतिष्ठानलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी दिएको गुरुङले बताएका छन्। उनको अभियानको नारा ‘कला, प्रविधि र संगठनको ज्ञान–शंकर बिरही गुरुङको पहिचान’ रहेको छ। उनले प्रतिष्ठानलाई बलियो र गतिशील बनाउँदै कलाकारको सम्मान तथा नवप्रतिभाको प्रोत्साहनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी… पुरा पढौ

९ वर्षीया तेरिया परियारको उपचारका लागि सहयोगको अपिल

कलेजोमा समस्या र फोक्सोमा पानी जम्ने रोगबाट पीडित बालिकाको उपचारका लागि परिवार आर्थिक संकटमा हिड्न खबर डटकम बागलुङ, असोज २२ । पर्वतको जलजला गाउँपालिका–२ पाखाथर, मल्लाजकी ९ वर्षीया तेरिया परियार गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। कलेजोमा समस्या देखिनुका साथै फोक्सोमा पानी जम्ने रोगबाट पीडित तेरियाको विगत एक वर्षदेखि काठमाडौंस्थित बालकान्ति अस्पतालमा नियमित उपचार भइरहेको छ। कक्षा ४ मा अध्ययनरत तेरिया लामो समयदेखि अस्पतालमा उपचाररत रहेकी छन्। परिवारका अनुसार उपचारका क्रममा भएको सम्पत्ति समेत खर्च भइसकेको छ भने थप उपचार… पुरा पढौ

केन्द्रीय सदस्यमा तुलसी क्षेत्रीको उम्मेदवारी गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै लोकदोहोरी क्षेत्रको संरक्षणमा जोड

बर्दिया असोज २२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औँ केन्द्रीय महाधिवेशन–२०८३ अन्तर्गत गायिका तथा प्रतिष्ठान कास्कीकी अध्यक्ष तुलसी क्षेत्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुने महाधिवेशनमा क्षेत्रीले गण्डकी प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने बताएकी छन्।लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा कलाकारको हकहितका लागि केन्द्रीय तहबाट अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको क्षेत्रीले बताइन्। उनले प्रतिष्ठानको गरिमा र कलाकारको सम्मानका लागि जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता समेत… पुरा पढौ

नारायणस्थानमा खानेपानीको गुणस्तर परीक्षण, सुरक्षित पानीबारे समुदायलाई अभिमुखीकरण

बागलुङ, असोज २२ । बागलुङ नगरपालिका–१४, नारायणस्थानमा खानेपानीको गुणस्तर परीक्षण तथा समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। खानेपानी आयोजनाको नमुना २०८३ असोज १९ गते संकलन गरिएको थियो भने असोज २० गते खानेपानीको गुणस्तर परीक्षण गरिएको थियो। असोज २१ गते समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। अभिमुखीकरण कार्यक्रममा पानीजन्य रोग, सुरक्षित पानीको प्रयोग तथा पानी शुद्धीकरणका लागि क्लोरिनेसन विधिका विषयमा जानकारी गराइएको थियो। कार्यक्रमको अध्यक्षता बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खड्काले गर्नुभएको थियो भने सञ्चालन नारायणस्थान स्वास्थ्य चौकीका वरिष्ठ जनस्वास्थ्य… पुरा पढौ

केन्द्रीय सदस्यमा पूर्ण परियारको उम्मेदवारी, अनुभव र सक्रियताको आधारमा मत माग्दै

हिड्न खबर डटकम काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (भूगोल गण्डकी) पदका लागि गायक, सर्जक, उद्घोषक तथा निर्माता पूर्ण परियारले उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय परियार कलाकारितासँगै संस्थागत नेतृत्वमा समेत निरन्तर क्रियाशील रहँदै आएका छन्। उनले प्रतिष्ठान बागलुङमा एक कार्यकाल सचिव र एक कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्। साथै, प्रतिष्ठान धौलागिरीको महासचिव तथा प्रतिष्ठान गण्डकीको संस्थापक सचिव र वरिष्ठ उपाध्यक्षको भूमिका पनि सम्हालिसकेका छन्। गायन,… पुरा पढौ