अर्थतन्त्र

‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक, देखियो त्रिकोणात्मक प्रेमकथा

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘मिरमिरे भो’ बोलको यस गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि प्रकाश सपूतकै हुन् । सार्वजनिक गीतमा युवा–युवतीबीचको प्रेम, पहिलो भेटपछिको आकर्षण र सुन्दरताले पार्ने प्रभावलाई चित्रण गरिएको छ । युवकको दृष्टिले युवतीमा पार्ने अनुभूति र युवतीको सौन्दर्यको बयान गीतमार्फत प्रस्तुत गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु… पुरा पढौ

राष्ट्रिय सहमति भए इ–भोटिङको व्यवस्था गर्न सकिन्छ : सञ्चारमन्त्री खरेल

ललितपुर, ६ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय तथा राजनीतिक सहमति भए कम लागतमा इ–भोटिङको व्यवस्था गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बी–टु–बी समिट २०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमा मतदानको व्यवस्था मिलाउन दबाब दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मतपत्र छापी मतदान गराउनुपर्ने, नाम्लो लगाएर दुई दिन… पुरा पढौ

नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ – सञ्चारमन्त्री खरेल

ललितपुर, ५ पुस । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा शनिबार ललितपुरमा आयोजित ‘स्टार्टअप समिट–२०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सरकार गठन भएको तीन महिनाभित्रै एआई नीति पारित गरिएको जानकारी दिनुभयो । उहाँले डिजिटल नेपाल निर्माणका लागि आवश्यक नीतिगत व्यवस्थाको तयारी भइरहेको समेत बताउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सूचना प्रविधिको विकास र डिजिटल नेपाल… पुरा पढौ

मोबाइल व्यवसायले देशको अर्थतन्त्र चलायमान बनाएको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं, ५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सामाजिक सम्बन्ध जोड्ने पुलको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खरेलले मोबाइल व्यवसायमा लाखौं ‘जेन–जी’ युवा आबद्ध रहेको र यस क्षेत्रले देशमै ठूलो संख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्नुभयो । मोबाइल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।“तपाईं व्यवसायीहरूले मोबाइल व्यवसाय मात्र… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

कास्की लेखनाथ, ५ पुसनेपाली समाजमा विवाहका अवसरमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै जान थालेपछि त्यसको जगेर्ना गर्ने उद्देश्यले लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गरिँदै आएको छ। नयाँ पुस्तालाई यसबारे जानकारी दिन तथा लोकसंस्कृतिको संरक्षण गर्न प्रतियोगिता प्रभावकारी बन्दै गएको आयोजकहरूको भनाइ छ। दुलाहाका घरमा विवाहका अवसरमा बालिने शुभसूचक बत्ती कुर्न जम्मा भएका महिलाहरूले सामूहिक रूपमा गाउने गीतलाई रत्यौली भनिन्छ। जन्ती हिँड्नुअघि दुलाहाका घरमा गरिने कर्मकाण्डदेखि जन्ती प्रस्थान, दुलहीको घरमा हुने क्रियाकलाप र पुनः दुलाहाका घर… पुरा पढौ

न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न

कास्की पुस ४ ,हेमजा युनाइटेड पोखरा–२५, हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक क्यालेन्डरअनुसार पोखरा–२५ हेमजा देवीस्थानस्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि कापी, कलमलगायत स्टेशनरी सामग्री तथा न्यानो कपडा (स्विटर र टोपी) वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लबका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था र आवश्यकताबारे जानकारी गराउँदै प्राप्त सहयोगको पूर्ण सदुपयोग… पुरा पढौ

प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो २१औँ वर्षमा प्रवेश

नेपालको जनआन्दोलन २०६२/०६३ (जनआन्दोलन–२) १९ दिनसम्म चलेको ऐतिहासिक आन्दोलन हो। यस आन्दोलनले नेपालको २३७ वर्ष पुरानो राजतन्त्र अन्त्य गरी देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। जनआन्दोलनमा विभिन्न राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी तथा कलाकारहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सोही समयमा नेपालको राजधानी काठमाडौँमा आन्दोलनको तीव्र प्रभाव परिरहेको थियो। त्यतिबेला काठमाडौँमा कुनै पनि व्यवसाय सञ्चालन गर्नु अत्यन्त कठिन थियो। यस्तै चुनौतीपूर्ण अवस्थामा पनि २०६२ साल पुस २ गतेदेखि प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोको औपचारिक सुरुवात गरिएको थियो। दुई दशक सफलतापूर्वक पार… पुरा पढौ

‘मिरमिरे’को गीतमा दयाहाङ राईकी पत्नी बेनुकाको स्वर

काठमाडौं । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक भएसँगै दर्शकको ध्यान तान्न सफल भएको छ । बुवा–छोरीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्ने टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रमोशनल सामग्री सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिँदै निर्माण टिमले केही दिनभित्र चलचित्रको गीत सार्वजनिक गर्ने तयारी गरेको छ । चलचित्रको कथावस्तु बोल्ने उक्त गीतमा गायिका बेनुका राईको स्वर रहेको निर्माण पक्षले जनाएको छ । बेनुका अभिनेता दयाहाङ राईकी पत्नी हुन् । गायन क्षेत्रमा परिचित बेनुका विवाहपछि र दयाहाङ… पुरा पढौ

रमेश बिक्रम रत्नको ‘काँचो बाँस माथि’ सार्वजनिक

झण्डै एक दर्जन गीत बजारमा ल्याइसकेका म्याग्दी, जामरुककोटका गायक रमेश बिक्रम रत्नको नयाँ संस्करणमा रहेको ‘काँचो बाँस माथि’ बोलको गीत सार्वजनिक गरिएको छ। लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रत्नले ट्याक्सी व्यवसायसँगै पछिल्लो समय गीत–संगीतलाई निरन्तरता दिँदै आएका छन्। वि.सं. २०६३ सालमा चर्चित गायिका देवी घर्ती मगर र गायक रमेश बिक्रम रत्नको स्वरमा सार्वजनिक भएको उक्त गीतलाई रत्नले नयाँ संस्करणमा पुनः बजारमा ल्याएका हुन्। नयाँ संस्करणमा गायिका लक्ष्मी परियार र गायक दिपेन थापाको स्वर रहेको छ। गीतको शब्द सुजन क्षेत्रीले लेखेका… पुरा पढौ

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेखनाथ उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र

लेखनाथ, २८ मंसिरलेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकतामा राख्न माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ। सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीको नेतृत्वमा गएको टोलीले आइतबार मुख्यमन्त्री पाण्डेलाई भेट गरी गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा समावेश प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणसम्बन्धी हालसम्मको प्रगति विवरण सार्वजनिक गर्न अनुरोध गरेको हो। पोखरामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्तिको काम प्रदेश सरकारले यसअघि नै सम्पन्न गरिसकेको सङ्घको बुझाइ रहेको छ। औद्योगिक क्षेत्र निर्माणका… पुरा पढौ