काठमाडौं, साउन २९प्रविधि र उद्यमशीलतामा सक्रिय युवा पुस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।पार्टी प्रवेश गर्ने युवाहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बस्नेत, जनता पेन्टका निर्देशक उज्ज्वल पाण्डे र होमकुमार राना रहेका छन्। उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा स्वागत गरेका हुन्।स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा संलग्न युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षणका लागि माओवादी…
पुरा पढौ