अर्थतन्त्र

नेपालमै पहिलोपटक फिल्म हलमा टेलिसिरियल ‘जुनी’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली टेलिसिरियलको इतिहासमै पहिलोपटक टेलिसिरियलको टिजर चलचित्र प्रदर्शन हुने फिल्म हलमा सार्वजनिक गरिएको छ। नेपाली सामाजिक परिवेशमा आधारित टेलिसिरियल ‘जुनी’ को टिजर काठमाडौंस्थित जय नेपाल फिल्म हल मा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो। प्रास्टा मिडियाको प्रस्तुतिमा निर्माण भएको सिरियल ‘जुनी’को टिजर सार्वजनिक कार्यक्रममा नेपाली कला तथा चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार उत्तम केसी, चलचित्र ‘प्राण’ का निर्देशक दीपक आचार्य, कलाकार विनोद श्रेष्ठ जय नेपाल फिल्म हलका… पुरा पढौ

तीज नजिकिँदै गर्दा अमेरिकाबाट शंकर विसीको भावुक सम्झना

काठमाडौं । तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रका चर्चित निर्देशक तथा नृत्य निर्देशक शंकर विसीले विगतका तीजका दिनहरू सम्झँदै भावुक अभिव्यक्ति दिएका छन्। हाल अमेरिका रहेका विसीले यसपटकको तीजमा सांगीतिक गतिविधिमा सक्रिय हुन नपाउँदा आफूलाई खल्लो महसुस भइरहेको बताएका छन्। विसीका अनुसार उनले आफ्नो लामो सांगीतिक यात्रामा अभिनय तथा निर्देशन गरेका ६–७ हजारभन्दा बढी गीतमध्ये करिब १ हजार ५ सयदेखि २ हजारसम्म तीज गीत रहेका छन्। तीजको हरेक सिजनमा ८० देखि ९० वटासम्म गीतमा निर्देशन तथा अभिनय गर्दै आएका… पुरा पढौ

‘न त पोइको टेन्सन’मा सज्जन–एलिनाको रमाइलो केमेस्ट्री, गीतले पायो दर्शकको साथ

काठमाडौं । प्रेममा परेपछि पोइको टेन्सन लिनुपर्छ भन्ने परम्परागत सोचलाई रमाइलो शैलीमा प्रस्तुत गर्दै नयाँ लोकदोहोरी गीत ‘न त पोइको टेन्सन’ सार्वजनिक गरिएको छ। गायक सज्जन बोहोरा र लोकप्रिय गायिका एलिना चौहानको स्वरमा रहेको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउन थालेको छ। गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ भने सुनिल परियारको संगीत संयोजन रहेको छ। सज्जन बोहोरा र एलिना चौहानको सुमधुर स्वर संयोजनले गीतलाई थप आकर्षक बनाएको छ। गीतको भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय देख्न… पुरा पढौ

स्वर्गीय मिथिला मल्लको स्मृतिमा पोखरामा ‘हङ्गर रिलिफ कार्यक्रम’ सम्पन्न

कास्की, भदौ २ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धिले सामाजिक उत्तरदायित्व अन्तर्गतको मानवीय सेवा कार्यक्रम सञ्चालन गर्दै लायन वर्ष २०२६/२७ को सुरुआतमै उदाहरणीय कार्यको थालनी गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले अघि सारेको यस वर्षको मूल नारा “Leading With Purpose” लाई व्यवहारमा उतार्दै क्लबले आफ्ना संस्थापक सदस्य स्वर्गीय मिथिला मल्लको जन्मतिथिको स्मरणमा “हङ्गर रिलिफ कार्यक्रम” (खाना खुवाउने कार्यक्रम) आयोजना गरेको हो। लायन्सको प्रमुख सेवामूलक अभियानमध्ये भोकमरी न्यूनीकरण पनि एक रहेको छ। पोखरा–६, लेकसाइडस्थित… पुरा पढौ

निशा केसी र पशुपति शर्माको सहकार्यमा ‘घरकाले गन्दैनन्’ सार्वजनिक

काठमाडौं । लोकप्रिय लोकगायक पशुपति शर्मा र गायिका निशा केसीको सहकार्यमा नयाँ लोकदोहोरी गीत ‘घरकाले गन्दैनन्’ सार्वजनिक भएको छ। पशुपति शर्माको प्रस्तुति तथा स्वर रहेको गीतमा निशा केसीले पनि स्वर दिएकी छन्। गीतमा शब्द तथा संगीत पशुपति शर्माकै रहेको छ भने संगीत संयोजन विश्वास नेपालले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन्। गीतको भिडियोमा पशुपति शर्मा, निशा केसीलगायत कलाकारलाई फरक तथा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोको कथा तथा निर्देशन जेरी भण्डारीले गरेका छन् भने छायांकन दुर्गा… पुरा पढौ

लायन्स क्लब अफ काठमाडौं नयाबजारको १०औँ चार्टर नाइट तथा पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं, साउन ३१ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाबजारले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव (चार्टर नाइट) भव्य रूपमा मनाएको छ। सो अवसरमा लायन वर्ष २०२६/२७ का लागि विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम समेत सम्पन्न गरिएको छ। आइतबार काठमाडौंको बालाजुस्थित संगम वाटिकामा आयोजित ‘१०औँ चार्टर नाइट समारोह’मा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पदाधिकारी, विभिन्न लायन्स क्लबका प्रतिनिधि, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ‘Leading With Purpose’ नाराका साथ आयोजित… पुरा पढौ

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत इन्डक्सन तथा संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं, साउन ३१ “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रका साथ विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल अन्तर्गतको डिस्ट्रिक्ट ३२५ के नेपाल ले लायन वर्ष २०२६–२७ का लागि आयोजित इन्डक्सन तथा संयुक्त पदस्थापन (Induction & Joint Installation) कार्यक्रम राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिका–१६, खरिबोटस्थित मदर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नवप्रवेशी सदस्यहरूको इन्डक्सन तथा विभिन्न क्लबका पदाधिकारीहरूको संयुक्त पदस्थापन गरिएको थियो। कार्यक्रमको नेतृत्व रिजन चेयरपर्सन लायन किरण थापा तथा क्लस्टर चिफ लायन सहदेव बस्नेत ले गर्नुभएको थियो।… पुरा पढौ

तीजमा ‘दुःखी छोरी’को कथा : कृष्ण परियारको स्वरमा मार्मिक तीज गीत सार्वजनिक

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै मार्मिक तीज गीत ‘दुःखी छोरी’ सार्वजनिक गरिएको छ। कृष्ण परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोरीको मनोभाव, परिवारप्रतिको माया तथा जीवनका दुःख–पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। गीतमा कृष्ण परियारको स्वर रहेको छ भने शब्द तथा लय देवबहादुर सुनारले सिर्जना गरेका छन्। गीतको भिडियोमा रञ्जिता गुरुङको सशक्त र भावनात्मक अभिनय देख्न सकिन्छ। ‘दुःखी छोरी’ले छोरीहरूको जीवनमा आउने संघर्ष, माइतीप्रतिको माया र मनभित्र लुकेका पीडाहरूलाई तीजको सांगीतिक परिवेशमार्फत उजागर… पुरा पढौ

लायन्स क्लब अफ काठमाडौं कोर सिटीको चौथो चार्टर डे भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन ३० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं कोर सिटीले आफ्नो चौथो चार्टर डे (स्थापना दिवस) भव्य रूपमा मनाएको छ। काठमाडौंको लिंक रोडस्थित नेपा बैंक्वेटमा शनिबार आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, विभिन्न लायन्स क्लबका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत क्लबले स्थापना भएदेखि हालसम्म समुदायमा पुर्‍याएको सेवामूलक योगदानको समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने सामाजिक तथा मानवीय सेवाका योजनाबारे पनि छलफल गरेको थियो। कार्यक्रममा उर्जा मन्त्री विराज भक्त श्रेष्ठ… पुरा पढौ

लोकदोहोरीमा निसा सुनारको नयाँ धमाका, ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक

काठमाडौं । गायिका तथा सर्जक निसा सुनारको नयाँ लोकदोहोरी गीत ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएको छ। निसा सुनारको प्रस्तुतिमा सार्वजनिक गरिएको उक्त गीतमा लोकप्रिय गायक खेम सेन्चुरी र निसा सुनारको स्वर रहेको छ। लोकसंगीतको मौलिक स्वाद, मनोरञ्जनात्मक प्रस्तुति र रमाइलो भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतले दर्शक–स्रोतामाझ फरक स्वाद पस्कने प्रयास गरेको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा सांगीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ। गीतको लय तथा थेगो खेम सेन्चुरीको रहेको छ भने शब्द रमेश बीजीले… पुरा पढौ