काठमाडौं, भदौ २१ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्री ले नुवाकोटको सिमलचौर क्षेत्रका बाढीपीडित परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा बाढीबाट प्रभावित परिवारलाई ग्यासचुलो, प्रेसर कुकर, भाँडाकुँडा, सिरक, डसना लगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीको प्याकेज हस्तान्तरण गरिएको हो। हालै रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको…
पुरा पढौ