अर्थतन्त्र

सहकारीमा तरलता थुप्रियो, लगानीको वातावरण बनाउनुपर्नेमा जोड

काठमाडौं, भदौ ७ प्रत्येक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालाजु–१६ काठमाडौंको आयोजनामा शनिबार सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहकारीकर्मी, सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण उपाध्यायले मुलुकको आर्थिक गतिविधि सुस्त बन्दै जाँदा सहकारी र बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा रकम थुप्रिएको बताए। बजारमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण नबन्दा सहकारी तथा वित्तीय क्षेत्र चुनौतीमा परेको उनको भनाइ थियो। उनले उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी… पुरा पढौ

लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न

नुवाकोट, भदौ ७ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन (Joint Installation) तथा सदस्यता ग्रहण (Induction) कार्यक्रम नुवाकोटमा भव्य रूपमा सम्पन्न भएको छ। ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा क्लस्टर चिफ लायन सुवर्ण कँडेल, रिजन चेयरपर्सन लायन रोजिता ओस्ती तथा जोन चेयरपर्सन लायन कृष्णप्रसाद भट्टको नेतृत्व रहेको थियो। कार्यक्रमले लायन्स अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी… पुरा पढौ

नवनिर्मित बुद्ध फल्चा उद्घाटन, स्थानीय सम्पदा संरक्षणमा जोड

काठमाडौं, भदौ ६ काठमाडौं उपत्यकाको मौलिक कला, संस्कृति तथा परम्परागत सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न स्थानमा फल्चा निर्माण तथा पुनर्निर्माणका कार्यहरू तीव्र रूपमा अघि बढिरहेका छन्। स्थानीय तहले परम्परागत नेवारी सभ्यता झल्काउने संरचनाहरू निर्माण गर्दै सांस्कृतिक पहिचान जोगाउने अभियानलाई प्राथमिकता दिएको छ। यसैक्रममा चन्द्रागिरि नगरपालिका–१५, तीनथाना स्थित बुद्ध मन्दिरचोकमा नवनिर्मित बुद्ध फल्चा (ल्वंहिति) शनिबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। करिब ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त फल्चाको उद्घाटन बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, श्रम… पुरा पढौ

बागलुङबाट रासायनिक मलको अवैध ओसारपसारमा संलग्न ३ जना पक्राउ

बागलुङ, भदौ ६ बागलुङ जिल्लाका कृषकका लागि ल्याइएको रासायनिक मल अवैध रूपमा ओसारपसार गरी पर्साको वीरगञ्जतर्फ पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। प्रहरीका अनुसार बागलुङ नगरपालिका–२ स्थित धौलागिरी बिउ भण्डार तथा कालिगण्डकी मल बिउ पसलबाट कृषकका लागि वितरण गरिने रासायनिक मल अवैध रूपमा अन्यत्र पठाइँदै गरेको सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो। प्रहरीले भदौ ३ गते दिउँसो करिब ४ बजे गरेको निगरानी… पुरा पढौ

‘कलाको मान, स्रष्टाको सम्मान’ नारासहित चौथो नेसनल ब्राण्ड म्युजिक अवार्ड–२०८२ भदौ १९ मा

काठमाडौं, भदौ ६ – नेपाली गीत–संगीत तथा कला क्षेत्रका स्रष्टा, कलाकार र संगीतकर्मीहरूको सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको चौथो नेसनल ब्राण्ड म्युजिक अवार्ड–२०८२ आगामी भदौ १९ गते शुक्रबार काठमाडौंस्थित नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा भव्य रूपमा आयोजना हुने भएको छ। आयोजक ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रालिले कार्यक्रमको तयारी तीव्र पारिएको जनाएको छ। संस्थाका अध्यक्ष सुनिल बस्नेतका अनुसार ‘कलाको मान, स्रष्टाको सम्मान’ भन्ने नारासहित आयोजना हुन लागेको अवार्ड समारोहमा नेपाली गीत–संगीत क्षेत्रका विभिन्न विधामा सक्रिय कलाकार, सर्जक, संगीतकार, गीतकार, गायक–गायिका, मोडल… पुरा पढौ

पोखरा उद्योग वाणिज्य सङ्घको निर्वाचन : शोभा गौतमद्वारा प्यानल घोषणा

पोखरा, भदौ ५ – पोखरा उद्योग वाणिज्य सङ्घको आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनका लागि अध्यक्ष पदकी आकांक्षी शोभा गौतमले आफ्नो प्यानल घोषणा गरेकी छन्। पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गौतमले प्यानल सार्वजनिक गर्दै निर्वाचनमा एकताबद्ध रूपमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। हाल सङ्घको महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल सङ्घ, समृद्ध पोखरा’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेकी हुन्। उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ… पुरा पढौ

कालिका भगवती देवी मन्दिर निर्माणमा लायन्स क्लबको सहयोग

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक, मानवीय, शैक्षिक, स्वास्थ्य, धार्मिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै आएका छन्। यसैक्रममा लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले रामेछापको दोरम्बा गाउँपालिका–६, लखनपुरस्थित श्री कालिका भगवती देवी मन्दिर निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ। ‘सेवा नै हाम्रो पहिचान, सहयोग नै हाम्रो संस्कार’ भन्ने भावनालाई आत्मसात् गर्दै क्लबले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ। क्लबका अध्यक्ष लायन रुपेश रोकाहाले मन्दिर… पुरा पढौ

‘लाहुरे भिनाले’ गीत सार्वजनिक

तीज पर्वको अवसर पारेर माइतीको माया, चेलीको भावना र लाहुरे भिनासँगको आत्मीय सम्बन्धलाई समेटिएको नयाँ तीज गीत ‘लाहुरे भिनाले’ सार्वजनिक गरिएको छ। गीतले नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध तथा चेली–माइतीबीचको भावनात्मक सम्बन्धलाई रमाइलो र मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतमा सम्झना रानापाल र कोपिला न्यौपानेको स्वर रहेको छ। विष्णु सिङ्जालीको शब्द तथा संगीत रहेको गीतमा महेन्द्र भण्डारीले सङ्गीत संयोजन (एरेन्ज) गरेका छन् भने कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको भिडियोमा अलिना रायमाझी, श्रीस्ती रानापाल, शंकर सुनार र गिरिराज… पुरा पढौ

सन्तोष पौडेलको उपचारका लागि लायन्स क्लब अफ बागलुङद्वारा २० हजार सहयोग

बागलुङ, भदौ ३ गम्भीर कलेजो रोगबाट पीडित बागलुङ नगरपालिका–१ निवासी सन्तोष पौडेलको उपचारमा सहयोग पुर्‍याउन लायन्स क्लब अफ बागलुङले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। दुवै मिर्गौलासँगै कलेजोमा समेत समस्या देखिएपछि हाल पौडेल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (लिभर अस्पताल) मा उपचाररत रहेका छन्। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको जनाउँदै ठूलो आर्थिक रकम आवश्यक पर्ने बताएका छन्। यही परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ बागलुङले मानवीय उत्तरदायित्व निर्वाह गर्दै उपचार खर्चमा सहयोग स्वरूप २०… पुरा पढौ

दाजु–बहिनी प्रशान्त कौशल र सिम्रन परियारको स्वरमा ‘रानीबन’ सार्वजनिक

बागलुङ । गायक तथा सर्जक प्रशान्त कौशल र गायिका सिम्रन परियारको स्वरमा रहेको नयाँ गीत ‘रानीबन’ सार्वजनिक भएको छ। दाजु–बहिनीको सुमधुर स्वरमा सजिएको गीतको भिडियो सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीमाझ चर्चा बटुल्न थालेको छ। प्रशान्त कौशलको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र सिम्रनले नै स्वर दिएका छन्। गीतको भिडियोमा प्रशान्त कौशल, रमेश विश्वकर्मा र सन्ध्या परियारको अभिनय देख्न सकिन्छ। बागलुङको सिगाना–लामिचौर क्षेत्रमा छायांकन गरिएको भिडियोमा स्थानीय प्राकृतिक सौन्दर्य, गाउँले परिवेश तथा मौलिक जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। प्रशान्त… पुरा पढौ