विषय प्रवेशमुस्ताङ जिल्ला नेपालको हिमाली भू–भागमा अवस्थित एक विशिष्ट ट्रान्स–हिमालय क्षेत्र हो, जहाँ प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताको अद्वितीय संगम पाइन्छ। परम्परागत रूपमा कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोतमा आधारित यहाँको जीवनशैली पछिल्ला दशकहरूमा जलवायु परिवर्तनका कारण तीव्र दबाबमा परेको छ। तापक्रम वृद्धी, हिमपातमा कमी, अनियमित हिमपात, हिमनदी संकुचन, पानीका मुहान सुक्दै जानु, अनियमित वर्षा, सुख्खापन, भू–क्षय तथा कृषि उत्पादनमा गिरावटजस्ता समस्या मुस्ताङका प्रमुख चुनौती बनेका छन्। विभिन्न अध्ययनहरूले बढ्दो तापक्रम, वर्षाको अनिश्चितता, हिमनदीको क्षेत्रफलमा कमी, सिंचाइमा आधारित कृषि प्रणालीमा…
पुरा पढौ