बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा गरिएको गाँजा खेती नष्ट गरेको छ। प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत निसीखोला गाउँपालिका–६ भलकोट, ताराखोला गाउँपालिका–५ ठुलोहिले, ताराखोला गाउँपालिका–५ सानोहिले, ताराखोला गाउँपालिका–२ खुलडाँडा तथा गलकोट नगरपालिका–४ मिलनचोक र नुवाकोट क्षेत्रमा सार्वजनिक तथा केही निजी जग्गामा लगाइएको करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईका अनुसार अवैध लागूऔषधको उत्पादन, ओसारपसार तथा दुरुपयोग…
पुरा पढौ