अर्थतन्त्र

२१औँ लेखनाथ महोत्सव लक्ष्यभन्दा बढी सफलताका साथ सम्पन्न

लेखनाथ, १४ पुस पोखरा महानगरपालिका–लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१औँ लेखनाथ महोत्सव अवधिभर ११ करोडभन्दा बढी आर्थिक कारोबार भएको र दर्शक १ लाख ११ हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेकोले लक्ष्यभन्दा बढी सफल भएको हो। महोत्सव सोमबार पुस १५ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा समापन हुँदैछ। महोत्सवको पनि महोत्सव’का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र… पुरा पढौ

पोखरा सडक महोत्सवः सांगीतिक कार्यक्रमले थप आकर्षण

पोखरा, पुस १३ पोखरा सडक महोत्सव सुरु भएसँगै पोखराको लेकसाइड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि सुरु भएको छ। रेवान पोखराको आयोजनामा सुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा ‘अल इन नेपाल’को संयोजनमा सांगीतिक उत्सव पनि सुरु भएको हो। जहाँ एकै नेपाली तीन दशकपछि गुञ्जिनेछ। न्यू इयर इभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एकै नेपालीका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुति दिने अल इन नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। सो दिन न्यू इयर इभ विशेषमा उज्ज्वल शाक्य, डिमर्चा,… पुरा पढौ

मिरमिरे’मा निर्देशक र मुख्य कलाकारबीचको त्रिकोणात्मक संयोग

किन दोहोरियो दयाहाङ–सिर्जनाको जोडी ? यम शेर्पा भन्छन्– ‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ–सिर्जना’ काठमाडौं । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको अनस्क्रिन जोडी फेरि दोहोरिने भएको छ। यसअघि यो जोडी चलचित्र ‘कार्साङ’ मा सँगै देखिएको थियो। संयोग के छ भने, दुवै चलचित्रका निर्देशक एउटै हुन्। ‘कार्साङ’ निर्देशन गरेका यम शेर्पाले नै ‘मिरमिरे’ पनि निर्देशन गरेका हुन्। यसरी निर्देशक यम शेर्पा र मुख्य कलाकार दयाहाङ–सिर्जनाबीचको त्रिकोणात्मक सहकार्य पुनः दोहोरिएको हो। आफ्नो दोस्रो चलचित्रमा… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : नेपाली र देउराली पनि गुन्जिने

पोखरा, पुष १२ पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित ब्यान्डहरू नेपाली र देउराली पनि गुन्जिने भएका छन्। गत वर्ष पोखरामा आयोजित ‘भ्याक ६० नाइन्टी’बाट छुट्टिएर बनेका दुई ब्यान्डहरू नेपाली र देउराली गुन्जिने भएका हुन्। रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको ‘हिट्स अफ नाइन्टीज’ अन्तर्गत पुष १६ गते बेलुकी न्यू इयर इभ विशेष कार्यक्रममा नेपाली र देउराली ब्यान्डले पनि प्रस्तुति राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिएको छ भन्ने जानकारी संयोजक शेरबहादुर गुरुङले दिनुभयो। कार्यक्रममा… पुरा पढौ

न्यू इयर ईभमा विश्वप्रसिद्ध डान्स हेर्न पाइने

पोखरा, पुस १२पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा विश्वप्रसिद्ध डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने भएको छ । रेवाङ पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमै हुने पोखरा सडक महोत्सवको न्यू इयर ईभ विशेष कार्यक्रमअन्तर्गत आस्माले प्रस्तुति दिने भएकी हुन् । आस्माले प्रस्तुति राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल ट्रेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरू ‘छिकछिक’, ‘छिकछिक’ लगायतका गीतहरूमा डान्स प्रस्तुत गर्नेछिन् । पुस १६ गते बेलुकाको न्यू इयर ईभ… पुरा पढौ

महिला उद्यमशीलता विकास सहकारीको २५औँ साधारणसभा सम्पन्न ,महिला उद्यमी इन्द्रकुमारी श्रेष्ठ सम्मानित

बागलुङ, पुस १२“सीप सिक्नु हामी महिलाको सान, सिकाउनु सहकारीको अभियान” भन्ने नारासहित महिला उद्यमशीलता विकास सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा बागलुङस्थित राधाकृष्ण सभाहलमा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा लामो समयदेखि उद्यम सञ्चालन गर्दै आएकी बागलुङकी महिला उद्यमी इन्द्रकुमारी श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा सहकारीका संरक्षक प्रेम छोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कडेल, सहकारीका सल्लाहकार विना कार्की र कृष्णशंकर श्रेष्ठ, संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, निवर्तमान अध्यक्ष ज्योति श्रेष्ठलगायत वक्ताहरूले सहकारीले… पुरा पढौ

तेस्रो सांस्कृतिक सङ्गीत तथा फिल्म राष्ट्रिय अवार्ड २०८२ का उत्कृष्ट ‘टप फाइभ’ मनोनयन सार्वजनिक

काठमाडौं ।उपमा कला, साहित्य तथा सञ्चार प्रतिष्ठान, धौलागिरी म्युजिक सञ्चार प्रा.लि. तथा उपमा सञ्चार प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न हुने तेस्रो सांस्कृतिक सङ्गीत तथा फिल्म राष्ट्रिय अवार्ड २०८२ (3rd Cultural Music & Film National Award 2025) का उत्कृष्ट ‘टप फाइभ’ मनोनयन शनिबार, २०८२ पौष १२ गते, अनलाइन माध्यमबाट सार्वजनिक गरिएको छ। करिब २०० जना कलाकार सहभागी रहेको यस अवार्डमा विभिन्न विधाअन्तर्गत २८ विधामा १४० जना कलाकार उत्कृष्ट ‘टप फाइभ’ मा पर्न सफल भएका छन्। कार्यक्रमका अध्यक्ष आशा गौतम तथा संयोजक रामकृष्ण… पुरा पढौ

उत्पादक र उपभोक्ताको संगमस्थल बन्यो लेखनाथ महोत्सव

लेखनाथ, १० पुसकास्कीको लेखनाथमा पुस ३ गतेदेखि जारी २१औँ संस्करणको लेखनाथ महोत्सव किनबेचको केन्द्रबिन्दु बनेको छ। महोत्सवमा मनोरञ्जनका साथै घरायसी आवश्यकताका स्वदेशीदेखि विदेशी सामग्री सुपथ मूल्यमा उपलब्ध हुने भएकाले महोत्सवस्थल व्यापारिक केन्द्रका रूपमा विकसित भएको हो। दर्शकहरू रमाइलो अवलोकनसँगै आवश्यक सामग्री खरिद गरेर फर्कन थालेपछि व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको आयोजक संस्थाले जनाएको छ। महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीका अनुसार दर्शकहरूले घर फर्कँदा केही न केही सामग्री अवश्य किन्ने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापार कारोबार… पुरा पढौ

श्री निष्पक्ष माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव,

पौष १०, हेमजा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानमा अवस्थित श्री निष्पक्ष माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीको अध्यक्षता तथा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले श्री निष्पक्ष माध्यमिक विद्यालयका पछिल्ला शैक्षिक गतिविधिहरू सुधारोन्मुख रहेको उल्लेख गर्दै गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि आवश्यकताअनुसार साझा धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। त्यसैगरी गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ‘न्यू इयर इभ’ मा उज्ज्वल शाक्य पनि गुन्जिने

पोखरा, पुस —१०पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्ज्वल शाक्य पनि गुन्जिने भएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू इयर इभ विशेष कार्यक्रम ‘हिट्स अफ नाइन्टिज’ अन्तर्गत पुस १६ गते बेलुका न्यू इयर इभमा अहिलेका भाइरल उज्ज्वल श्रेष्ठको ब्याण्डले लाइभ प्रस्तुति दिने रेबान नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। उनले ‘बेबी’, ‘राजमती चा’, ‘लुमन्ती’, ‘कुमारी’, ‘मतिनाया स्वाहा’, ‘लिक्कलिक्क’ लगायतका गीतहरू गुन्जाउने बताए। सो दिन न्यू इयर… पुरा पढौ