बागलुङ, असार ८जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ देखि हरित विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाको १७औँ नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख नरबहादुर पुनले “एक वडा, एक आवासीय माध्यमिक विद्यालय” र “एक विद्यालय, एक करेसाबारी” अभियानसहित हरित विद्यालय कार्यक्रम सुरु गरिने जानकारी दिए। उनका अनुसार यस कार्यक्रमबाट विद्यार्थीलाई उपयुक्त सिकाइ वातावरण र पोषिलो अर्गानिक खाजा उपलब्ध गराइनेछ। साथै, “पढ्दै कमाउँदै” कार्यक्रममार्फत उद्यमशीलता र उत्पादनसँग विद्यार्थीलाई जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने योजना सार्वजनिक गरिएको छ। स्थानीय…
पुरा पढौ