‘महाराजधिराज’को छायांकन सुरु

-


     हिडन खबर    
     जेठ ६ गते २०८३ मा प्रकाशित


काठमाडौं । चलचित्र महाराजधिराज को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको चलचित्रको छायांकन औपचारिक रूपमा अघि बढाइएको हो ।

चलचित्रको छायांकन सुनसरीबाट सुरु गरिएको निर्माण टिमले जनाएको छ । सुनसरीस्थित श्रीलंका टापुबाट सुरु भएको छायांकन त्यहाँ एक सातासम्म चल्नेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानहरूमा छायांकन गरिनेछ । चलचित्रको छायांकन तालिका ७० दिनको रहेको बताइएको छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन नवराज थापाले गरिरहेका छन् । निर्देशक सेनका अनुसार महाराजधिराज सामाजिक परिवेशमा आधारित पिरियड ड्रामा हो ।

चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र सुशील सिटौलाको अभिनय रहनेछ ।

त्यसैगरी, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटाले पनि चलचित्रमा अभिनय गर्नेछन् ।
८० भन्दा बढी कलाकार सहभागी रहेको चलचित्रमा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारको पनि अभिनय रहनेछ ।

चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा तथा लेखन निर्देशक सेन स्वयंले गरेका हुन् ।

चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् । निर्माण टिमका अनुसार महाराजधिराज आगामी फूलपातीमा प्रदर्शन गर्ने तयारी गरिएको छ