अर्थतन्त्र

भाईरल गीत “ए बैनी जमुना” को भिडियो सार्वजनिक, सामाजिक सञ्जालमा व्यापक चर्चा

बागलुङ ।लोक तथा रत्यौली शैलीमा तयार गरिएको नयाँ गीत “ए बैनी जमुना” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। गायिका देवी आचार्य र जमुना सनामको स्वरमा प्रस्तुत गरिएको यस गीतले गाउँघरको मौलिक संस्कृति, रमाइलोपन र ठेट रत्यौली भाकालाई समेटेको दर्शकहरूले बताएका छन्।  गीतका शब्द, लय तथा प्रस्तुतिले नेपाली लोकसंस्कृतिको झल्को दिने विशेष आकर्षण थपेको छ। भिडियोमा कलाकारहरूको अभिनय, पहिरन र प्रस्तुति पनि दर्शकमाझ रुचाइएको देखिन्छ।  विशेषगरी टिकटक, फेसबुक र युट्युबमा गीतका छोटा क्लिपहरू व्यापक… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कर छुट कायम गर्न राष्ट्रिय भेला भाेलि काठमाडौंमा हुने

काठमाडौं ।जेठ ५ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई दिइँदै आएको कर छुटको व्यवस्था हटाइएपछि त्यसको पुनः व्यवस्था गर्न दबाबमूलक कार्यक्रमलाई तीव्र बनाएको छ । महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि आयकर ऐन २०५८ (संशोधन २०७७ सहित) को दफा १०(ढ) अनुसार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई निरन्तर कर छुटको व्यवस्था रहेको थियो । तर आर्थिक ऐन २०८१ को दफा ३६(२) मार्फत उक्त व्यवस्था हटाइएपछि खानेपानीजस्तो आधारभूत सेवामा कर लगाउने निर्णयप्रति महासंघले गम्भीर… पुरा पढौ

मुस्ताङ जिल्लामा जलवायु परिवर्तनको असर

विषय प्रवेशमुस्ताङ जिल्ला नेपालको हिमाली भू–भागमा अवस्थित एक विशिष्ट ट्रान्स–हिमालय क्षेत्र हो, जहाँ प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताको अद्वितीय संगम पाइन्छ। परम्परागत रूपमा कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोतमा आधारित यहाँको जीवनशैली पछिल्ला दशकहरूमा जलवायु परिवर्तनका कारण तीव्र दबाबमा परेको छ। तापक्रम वृद्धी, हिमपातमा कमी, अनियमित हिमपात, हिमनदी संकुचन, पानीका मुहान सुक्दै जानु, अनियमित वर्षा, सुख्खापन, भू–क्षय तथा कृषि उत्पादनमा गिरावटजस्ता समस्या मुस्ताङका प्रमुख चुनौती बनेका छन्। विभिन्न अध्ययनहरूले बढ्दो तापक्रम, वर्षाको अनिश्चितता, हिमनदीको क्षेत्रफलमा कमी, सिंचाइमा आधारित कृषि प्रणालीमा… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ भन्दा बढीलाई जिम्मेवारी

२०८३ बैसाख २८, सोमबार – काठमाडौं लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ का लागि संगठनात्मक संरचना सुदृढ बनाउन बागमती क्षेत्रअन्तर्गतको क्याबिनेट विस्तार कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ५४५ भन्दा बढी सदस्यलाई विभिन्न विभागीय तथा संगठनात्मक जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा वरिष्ठ लायन्स व्यक्तित्व, पूर्व गभर्नर, विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, सामाजिक अभियन्ता र देशभरका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहलाई आगामी कार्यकालको नेतृत्व, सेवा अभियान र… पुरा पढौ

नवनिर्वाचित आत्रेय र ओझालाई लेखनाथ उद्योग वाणिज्य संघको बधाई तथा सम्मान

लेखनाथ, २६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न ६०औं निर्वाचनमा कार्यकारिणी सदस्य पदमा अत्यधिक मत प्राप्त गरी निर्वाचित संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय तथा गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ। कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा क्रमशः केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित भएको बताउँदै यसबाट संघको विगतदेखि नै… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कर छुटको कानुनी व्यवस्था गर्न महासंघको आग्रह

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट हुने कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० जुलाई २८ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा परिभाषित गरेको थियो। नेपालको संविधानको धारा ३५ को उपधारा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था मौलिक हकमै गरिएको छ। मानव अधिकारको प्रत्याभूति तथा संविधानले सुनिश्चित गरेको मौलिक हक कार्यान्वयनका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था/समितिहरूले गैरनाफामूलक… पुरा पढौ

महायज्ञमा पाण्डे दम्पतीको प्रेरणादायी सहयोग : वैवाहिक वर्षगाँठमा रु. ५४ लाखभन्दा बढी दान

पोखरा । आफ्नो वैवाहिक जीवनको ५९औँ वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै पोखरा–८, कास्की निवासी समाजसेवी तथा मानवताप्रेमी दम्पती हरि पाण्डे र श्रीमती तुलसा पाण्डेले मानवसेवा आश्रमद्वारा आयोजित “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा रु. ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । मानवसेवा आश्रम, पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजन सेवा अन्तर्गत १८ दिनको वार्षिक भोजन… पुरा पढौ

चलचित्र ‘महाराजधिराज’को भव्य शुभमुहूर्त सम्पन्न, २५ गतेदेखि छायांकन सुरु

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को भव्य शुभमुहूर्त मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्खधुन र पञ्चेबाजासहित सम्पन्न गरिएको छ। बिहान ८ बजे सुरु भएको शुभमुहूर्तको पूजा ११ः११ बजेसम्म चलेको थियो। पूजामा प्रमुख कलाकार पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत सहभागी भएका थिए। शुभमुहूर्तमा निर्देशक परिच्छेद सेनसहित अन्य कलाकारहरूको पनि उपस्थिति थियो। सेनले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन्। चलचित्रको छायांकन यही २५ गते सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। सुनसरीमा एक हप्तासम्म छायांकन गरिनेछ भने बाँकी ७० दिन काठमाडौं, भक्तपुर र… पुरा पढौ

मानवसेवा आश्रमको महायज्ञ सुरु, उद्घाटनमै ८ लाख १९ हजार ८८ रुपैयाँ दान

पोखरा । मानवसेवा आश्रम पोखराद्वारा आयोजित १४औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ शनिबारदेखि सुरु भएको छ। पोखरा–२५ हेमजा स्थित आश्रम परिसरमा आयोजित महायज्ञको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा गलेश्वर धामका स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा गर्नुभयो। महायज्ञको पहिलो दिनमै श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति देखियो। उद्घाटनकै दिन दाताहरूले खुलेर सहयोग गर्दा ८ लाख १९ हजार ८८ रुपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ। दानदातामध्ये पोखरा–२ विन्ध्यवासिनीका भिमराज रेग्मी र लक्ष्मी रेग्मी दम्पत्तिले मुक्तिनाथ धर्मशाला निर्माणका लागि ७ लाख रुपैयाँ… पुरा पढौ

पोखरामा वडास्तरीय खुला भजन प्रतियोगिता हुँदै, उत्कृष्टलाई आकर्षक पुरस्कार

पोखरा। लोकसंगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा वडास्तरीय खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ। मानवसेवा आश्रमको व्यवस्थापनमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपाल केन्द्रीय समिति, कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको हो। प्रतियोगिता २०८३ वैशाख २० गतेदेखि २६ गतेसम्म मानवसेवा आश्रम, पोखरा–२५, हेम्जामा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक समूहहरूले वैशाख १९ गतेभित्र टोली दर्ता गरिसक्नुपर्नेछ। कार्यक्रम दैनिक बिहान ९:०० बजेदेखि साँझ ४:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा वडास्तरका… पुरा पढौ