
बागलुङ । जैमिनी नगरपालिकामा अस्पताल जाने सडकका छेउछाउका केही भाग कालोपत्रे गरिए पनि बीचको खण्ड भने अझै अधुरै छ। सडकको केही भाग मात्रै कालोपत्रे गरेर बीचको हिस्सा छाडिएपछि स्थानीयले प्रश्न उठाएका छन्।
अस्पताल जाने सडक बिरामी, ज्येष्ठ नागरिक, एम्बुलेन्स र सर्वसाधारणको आवागमनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सडक हो। यस्तो सडकमा बीचको भाग नै अधुरो रहनुको कारण के हो भन्ने प्रश्न उठेको छ।
बजेट अभाव हो कि योजना कार्यान्वयनमा कमजोरी? बजेट विनियोजन भएको भए काम किन पूरा भएन? जैमिनी नगरपालिका र सम्बन्धित वडा कार्यालयले यसको स्पष्ट जवाफ दिन आवश्यक छ।
स्थानीयको प्रश्न छ– अस्पताल जाने सडक नै अधुरो राखेर विकास पूरा भएको मान्न सकिन्छ?










