अर्थतन्त्र

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा डिप बोरिंग प्रणाली हाललाई स्थगित

काठमाडौं भदौ ४ चन्द्रागिरि नगरपालिका वडा नं. ६ इटाखेल स्थित गुम्बाचोक सामुदायिक वन क्षेत्रमा रहेको खानेपानी ट्यांकीमा डिप बोरिंग प्रणाली हाललाई स्थगित गरिएको छ। महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहलमा अहिले भइरहेको खानेपानीको समस्या लाई परिपुर्ति गर्ने उदेश्यले सुरु गरिएको उक्त डिप बोरिंग प्रणालीलेकाम अर्को सुचना जारी नभएसम्म स्थगित भएकाे वडा अध्यक्ष सन्जय सिग्देलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै साविक डाइरेक्ट खानेपानी आपूर्तिमा देखिएको समस्या समाधानका लागि नयाँ ट्यब डिप बोरिंगको खन्ने… पुरा पढौ

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’— जनै कसरी हराउँछ ? सेन्सर बोर्डबाट यु सर्टिफिकेट प्राप्त

काठमाडौं ।भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले यु (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिबाट सबै वर्गका दर्शकका लागि उपयुक्त ठहर गर्दै फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो। फिल्मको नाम र ट्रेलरले दर्शकमा कथावस्तु प्रतिको चासो अझै बढाएको छ। "जनै कसरी हराउँछ?", "कसको जनै हराउँछ?" भन्ने प्रश्नले दर्शकलाई हलसम्म तान्न खोजिएको देखिन्छ। निर्माण पक्षले कथावस्तु खुलाएका छैनन्। जनैको विषयले कथामा महत्वपूर्ण मोड लिन्छ भन्ने अनुमान… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — नाम परिवर्तनको कथा

काठमाडौं — चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सुरुमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ नामले सार्वजनिक गरिएको थियो। तर निर्माण पक्षले केही समयअघि नाम परिवर्तन गर्दै ‘बाहुन’को सट्टा ‘मान्छे’ शब्द प्रयोग गरेको छ। निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही संस्था तथा व्यक्तिहरूबाट अनावश्यक चासो र दबाब आउन थालेपछि नाम परिवर्तन गरिएको हो। यद्यपि, निर्देशक हिमाल न्यौपानेले चलचित्र धार्मिक नभई सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पारेका छन्। उनले भने, “हाम्रो सिनेमा धार्मिक होइन, सामाजिक कथा हो। विषयसँग जोडिएर… पुरा पढौ

गीतमार्फत जीवनका पीडा पोख्दै गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापा

काठमाडौं भदौ २ पछिल्लो समय दोहोरी गीतहरू कलाकारहरूको भावनात्मक अभिव्यक्तिको माध्यम बन्दै गएका छन्। विशेष गरी, जीवनका सुख-दुःख, भोगाइका पीडा र समाजमा रहेका तीतामिठा यथार्थलाई उनीहरूले गीतमार्फत पोख्ने गरेका छन्। यस्तै पीडाका कथा समेटिएको एक मार्मिक दोहोरी गीत हालै रितु बोहोरा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ, जहाँ गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापाले आफ्ना अनुभव र भावनाहरू गीतमार्फत प्रस्तुत गरेका छन्। गायिका शान्ति परियार गीतमा यसरी व्यथा पोख्छिन्: “जीवनदेखि बसेछु अगाएर, नदीले नी लगेन बगाएरडाँडै बस्यो चील,… पुरा पढौ

बागलुङको मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म तिजीमेला तथा धार्मिक महाेत्सव हुने

बागलुङ श्रावण ३१ १५ आ‌ैं सताब्दी देखि चल्दै आएको ऐतिहासिक तीजी मेलालाई यो बर्ष पनि निरन्तरता दिने कार्यक्रम अनुसार बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा अवस्थित प्रसिद्ध धार्मिक गन्तव्य मालिका भगवती मन्दिर परिसरमानेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालीका तीजकोअवसरमा तीजी मेला हुने भएको छ । मालिका भगवती मन्दिर ब्यवस्थापन समितिकाे संयाेजनमाबागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ काे संगम स्थल मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म विभिन्न कार्यक्रम गरि तीजी मेला आयोजना गरिएको मन्दिर परिसरमा आयोजीत पत्रकार सम्मेलनमा मालिका… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघका महिला उद्यमी टोलीको लेखनाथ भ्रमण

लेखनाथ, साउन ३०बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरूको टोली अध्ययन अवलोकन भ्रमणका क्रममा बुधवार लेखनाथ पुगेको छ। लेखनाथ आगमन अवसरमा लेखनाथ उद्योग वाणिज्य संघले टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। संघका महिला उद्यमी समन्वय उपसमिति संयोजक एवं कार्यसमिति सदस्य गंगा मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दुई संघबीचको आपसी सम्बन्ध सुदृढ गर्दै महिला उद्यमीहरूको अनुभव आदान–प्रदान तथा उद्यमशीलता सम्बन्धी गतिविधिमाथि विस्तृत छलफल गरिएको थियो। बागलुङ महिला विकास समितिकी अध्यक्ष अर्चना कुमारी पालिखेको नेतृत्वमा आएको टोलीका सदस्यहरूले लेखनाथ उद्योग… पुरा पढौ

प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरू माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डबाट स्वागत

काठमाडौं, साउन २९प्रविधि र उद्यमशीलतामा सक्रिय युवा पुस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।पार्टी प्रवेश गर्ने युवाहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बस्नेत, जनता पेन्टका निर्देशक उज्ज्वल पाण्डे र होमकुमार राना रहेका छन्। उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा स्वागत गरेका हुन्।स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा संलग्न युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षणका लागि माओवादी… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन

काठमाडौं । यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘मिरमिरे’ को छायांकन सम्पन्न भएको छ। कुल ३५ दिनमा चलचित्रको मुख्य छायांकन कार्य सकिएको हो। चलचित्रको छायांकन काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरू र मकवानपुरको चित्लाङमा गरिएको हो। अहिले चलचित्रको एउटा गीतको छायांकन मात्र बाँकी रहेको निर्देशक यम शेर्पाले जानकारी दिए। अब एउटा गीतको छायांकन गर्न बाँकी छ। समय अनुकूल पारेर छायांकन सम्पन्न गर्नेछौं,” – निर्देशक शेर्पा। ‘मिरमिरे’ यही माघ १ गते प्रदर्शनमा आउने पक्का भएको छ। चलचित्रको प्रदर्शन मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको… पुरा पढौ

भदौ ६ गते रिलिज हुँदै ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’

काठमाडौं – बलियो कलाकार सूचीसहितको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। यसका मुख्य भूमिकामा अभिनेता विजय बराल छन्, जो अलटाइम ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ का नायक पनि हुन्। ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका विजयको अभिनयले देश–विदेशमा दर्शकको प्रशंसा कमाएको थियो। यो चलचित्र हालसम्म नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ, जसले नेपालभित्र र बाहिर गरेर करिब पौने एक अर्ब रुपैयाँको व्यापार गरेको थियो। त्यसपछि मुख्य भूमिकामा आएको… पुरा पढौ

बागलुङको व्यापारिक हैसियत जोगाउन प्रदेश सरकारलाई संयुक्त ध्यानाकर्षण

बागलुङ, साउन २७ – गण्डकी प्रदेशको दोस्रो व्यापारिक केन्द्र र पर्यटन गन्तव्यका रूपमा परिचित बागलुङको आर्थिक हैसियत जोगाउन स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। साबिकको धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको बागलुङमा हाल पर्यटन र घरेलु उद्योगसम्बन्धी गतिविधि सक्रिय रहेका छन्। पोखराबाटपछि दोस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिने बागलुङको व्यापारिक संरचना कमजोर पार्ने निर्णय भएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। हालै प्रदेश सरकारले उद्योग कार्यालय पुनर्गठन गर्ने निर्णय गर्दै बागलुङबाट हटाउने तयारी गरेको… पुरा पढौ