नारायणी र सुनिल क्षेत्रीको दमदार नृत्यमा सजिएको ‘पिर दिया’ सार्वजनिक

-


     हिडन खबर    
     असार १२ गते २०८३ मा प्रकाशित


काठमाडौं । गायक अजय आरएन र गायिका शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘पिर दिया’ सार्वजनिक भएको छ।

प्रेम, पीडा र भावनात्मक कथालाई समेटिएको यो गीतको भिडियो सब्दा संगीत अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा भुवन बी.के.को शब्द, अजय आरएनको संगीत तथा मुकेश नेपालीको निर्देशन र कोरियोग्राफी रहेको छ। छायांकन बुद्ध थापाले गरेका हुन्।भिडियोमा नारायणी खत्री र सुनिल क्षेत्रीको दमदार अभिनय तथा आकर्षक नृत्यले विशेष चर्चा बटुलेको छ।
दुवै कलाकारको सशक्त केमेस्ट्री र जीवन्त प्रस्तुतिले भिडियोलाई अझ प्रभावशाली बनाएको छ।

मधुर स्वर, भावपूर्ण शब्द, उत्कृष्ट संगीत र आकर्षक दृश्य संयोजनले सजिएको ‘पिर दिया’ सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।