बिन्दु परियारको नयाँ पञ्चेबाजा गीत ‘अब त जोडियो घरबार’ सार्वजनिक

-


     हिडन खबर    
     असार १३ गते २०८३ मा प्रकाशित


नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका तथा सर्जक बिन्दु परियारले नयाँ पञ्चेबाजा गीत ‘अब त जोडियो घरबार’ सार्वजनिक गरेकी छन्।

गीत सार्वजनिक गर्ने क्रममा उनले करिब चार वर्षको सांगीतिक यात्रामा दर्शक–श्रोता र शुभचिन्तकबाट पाएको माया, साथ र हौसलाप्रति हृदयदेखि आभार व्यक्त गरिन्। छोटो समयमै प्राप्त प्रेम र विश्वासलाई उनले आफ्नो सबैभन्दा ठूलो सफलता र अमूल्य सम्पत्ति भनेकी छन्।

यस गीतमा शब्द, संगीत र अभिनय स्वयं बिन्दु परियारकै रहेको छ भने गायनमा उनलाई कुशल बेलबासेले साथ दिएका छन्। एरेन्ज विश्वास नेपाल, रेकर्डिङ सुमन राना, मिक्सिङ/मास्टरिङ कुमार राना तथा रेकर्डिङ मारुनी स्टुडियोमा गरिएको हो। भिडियो निर्देशन मुकेश नेपालीले गरेका छन्।

सार्वजनिक कार्यक्रममा बिन्दुले आफ्नो सांगीतिक यात्रामा विशेष साथ र अभिभावकत्व प्रदान गर्ने रुद्र नेपालप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण टिम, सञ्चारकर्मी तथा शुभचिन्तकहरूप्रति आभार प्रकट गरिन्। साथै दर्शक–श्रोतालाई गीत हेरेर सेयर, सब्स्क्राइब, लाइक र कमेन्टमार्फत थप हौसला दिन आग्रह गरिन्।

मौलिक स्वादको पञ्चेबाजा शैलीमा तयार गरिएको ‘अब त जोडियो घरबार’ गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।