चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा डिप बोरिंग प्रणाली हाललाई स्थगित

-


     राजेेशचन्द्र राजभण्डारी     
     भाद्र ४ गते २०८२ मा प्रकाशित



काठमाडौं भदौ ४

चन्द्रागिरि नगरपालिका वडा नं. ६ इटाखेल स्थित गुम्बाचोक सामुदायिक वन क्षेत्रमा रहेको खानेपानी ट्यांकीमा डिप बोरिंग प्रणाली हाललाई स्थगित गरिएको छ।

महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहलमा अहिले भइरहेको खानेपानीको समस्या लाई परिपुर्ति गर्ने उदेश्यले सुरु गरिएको उक्त डिप बोरिंग प्रणालीलेकाम अर्को सुचना जारी नभएसम्म स्थगित भएकाे वडा अध्यक्ष सन्जय सिग्देलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै साविक डाइरेक्ट खानेपानी आपूर्तिमा देखिएको समस्या समाधानका लागि नयाँ ट्यब डिप बोरिंगको खन्ने काम अगाडि बढाउन खाेज्दा स्थानीय सराेकारवाला र केही संचार माध्यम बाट व्यापक गुनासो आएपछि हाललाई काम स्थगित गरेको वडा अध्यक्ष सिग्देलले बताए ।

वडावासीहरूलाई अस्थायी असहजता भए पनि दीर्घकालीन समाधानका लागि यो कदम आवश्यक भएको वडा कार्यालयले जनाएको छ।वडाले चन्द्रागिरि नगरपालिका, बलम्बु ,महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई बोधार्थ समेत दिएर जानकारी गराएको छ ।

आम उपभोक्ता लाई खानेपानी खुवाउने जिम्मेवारी भएको नाताले अहिले अपुग भएको खानेपानी आपूर्ति गर्न समितिले डिप बाेरिङ गर्न लागेको कुरा कहि कतै लुकेको बिषय नभएको हुदा खानेपानी खुवाउनका लागि पहल भइरहेको महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष पुरूषाेत्तम उदासले बताए ।

खानेपानीको डिप बाेरिङ गर्ने नगरपालिकाले हिजोको दिनमा सहमति दिइसकेकाे हुदा समिति उपयुक्त ठाउँमा डिप बाेरिङ गरेर खानेपानी आम उपभोक्ता लाई आपूर्ति गर्न प्रतिबद्ध रहेको उपाध्यक्ष उदासले बताए ।