काठमाडौं — नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार एक कार्यक्रममार्फत फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको घोषणा गरेको हो। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्र सन्तोष कुमार आत्रेयको निर्देशनमा बन्नेछ। यो उनको डेब्यु निर्देशकीय प्रस्तुति हो। चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा प्रस्तुत हुनेछन्। यस्तै, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। चलचित्रको कथा…
पुरा पढौ