अर्थतन्त्र

अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायीहरूको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो — कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ, २६ मंसिर। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औँ लेखनाथ महोत्सवका लागि तयारी तीव्र पारिएको छ। विसं २०६१ देखि निरन्तर सञ्चालन हुँदै आएको यस महोत्सवमार्फत स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादन हुने सामानको प्रोत्साहन, आवश्यक ज्ञान तथा उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण र स्वदेशी–विदेशी बजार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्य लिइएको संघले जनाएको छ। संघका कोषाध्यक्ष तथा महोत्सव आर्थिक व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीका अनुसार हाल विषम परिस्थितिका कारण शिथिल भइरहेको देशको अर्थतन्त्रलाई चलायमान… पुरा पढौ

‘लेखनाथ महोत्सवको झाँकी र्‍याली नै यसको विशिष्ट पहिचान हो’ – संयोजक प्रकाशलाल श्रेष्ठलेखनाथ, २५ मंसिर ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औँ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । तयारीसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समूह, संघ–संस्था तथा विविध जातजाति र समुदायहरूले प्रदर्शन गर्नुपर्ने झाँकी र्‍यालीको पनि तयारी गरिरहेका छन् । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवको उद्घाटनका दिन भव्य झाँकी र्‍याली निकालिँदै आएको छ । झाँकी र्‍यालीले महोत्सवप्रति यहाँका विभिन्न जातजाति र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने भएकाले यस वर्ष पनि विशेष उत्साह देखिएको झाँकी र्‍याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठले बताए… पुरा पढौ

‘पूर्णबहादुरको सारङ्गी’ र ‘परान’पछि मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

काठमाडौँ ।गत वर्ष बाबु–छोराको भावनात्मक सम्बन्ध प्रस्तुत गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापारिक सफलता हात पा¥यो । नेपालमै झन्डै ५० करोड रुपैयाँको ग्रस कलेक्सन गर्दै यसले कीर्तिमान कायम गर्‍यो। बाबुले छोराका लागि गरेको संघर्षमा आधारित कथालाई दर्शकले अत्यन्तै मन पराए। यस्तै, यस वर्ष सार्वजनिक भएको अर्को चलचित्र ‘परान’ ले पनि अहिलेसम्मकै उच्च कमाइ गर्दै सफल भयो। यसमा पनि बाबु–छोराको सम्बन्ध र छोराहरू विदेशिन बाध्य बन्दा उत्पन्न हुने भावनात्मक कथा समेटिएको छ। समाजमा प्रखर रूपमा बाँचिरहेको यिनै पारिवारिक संवेदनशील कथाले… पुरा पढौ

रमेश विक्रम रत्नको ‘फलेवास काटौला’ सार्वजनिक

कतै मायाका कुरा, कतै गीत-सङ्गीतका मिठा स्वरहरू—गण्डकी प्रदेश, जहाँ सालैजो, सोरठी र यानिमायाकाे उद्गम मानिन्छ, त्यही सांस्कृतिक सुगन्धसँगै युवा जोडीका प्रेमकथाहरू बुन्दै म्याग्दीको बेनीमा, कालिगण्डकीका छेउछाउ हुर्किएका गायक रमेश विक्रम रत्नको ‘फलेवास काटौला’ बोलको लोक–दोहोरी गीत हालै बजारमा सार्वजनिक भएको छ। दश वर्षे जनयुद्धताका सशस्त्र प्रहरी सेवामा कार्यरत रहेका गायक स्वयम्बु परियारले अहिलेसम्म दुई दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन्। सोही सेवामा १६ वर्ष पूरा गरी अवकाश लिएका परियार हाल ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आए पनि गीत-सङ्गीतलाई निरन्तरता दिइरहेका छन्।… पुरा पढौ

लेखनाथ महोत्सव सफल बनाउन आमा समूह कस्सिए

लेखनाथ, २० मंसिर । लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको २१ औँ लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सवलाई दृष्टिगत गर्दै यस क्षेत्रका विभिन्न सङ्घ–सङ्गठन तथा महिला/आमा समूहको शनिबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएको छ। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सवहरु मध्ये एक भएको उल्लेख गरिन्। उनले महिला तथा आमा समूहको सक्रियताकै कारण महोत्सवले निरन्तर उचाइ हासिल गर्दै आएको बताउँदै आगामी… पुरा पढौ

गायिका शितल शर्माको ‘मन परेको कान्छू’ सार्वजनिक

मानिसको स्वभाव फरक–फरक हुन्छ। यही स्वभावका आधारमा उनीहरूको बानी–व्यवहार निर्भर गर्छ। कसैले आफूलाई लागेको कुरा निर्धक्कसाथ व्यक्त गर्न सक्छन् भने कसैले मनको भावनै बाहिर ल्याउन सक्दैनन्।धेरैले सामान्य कुरा सहजै भन्न सक्छन् तर प्रेमको मामिलामा भने धेरैजसो मानिसहरू आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन्। ‘मन परेको मान्छे त्यत्तिकै छोड्न सकिँदैन,उहाँभन्दा पर नजर मोड्न सकिँदैन।सर्वश्रेष्ठ उहीँ लाग्ने, बहुमूल्य पनि,एउटै भएर पनि उसलाई तोड्न सकिँदैन।’ यस्तै युवायुवतीको प्रेम–कथालाई टपक्क टिपेर गायिका शितल शर्माले ‘मन परेको कान्छू’ बोलको गीत सार्वजनिक गरेकी छिन्। सर्जक **हरि गिरी… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रको टिजर सार्वजनिक भएको हो। टिजरमा सिनेमाका मुख्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ। टिजरले पिता–छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्दै आएकी छोरी तथा उनीहरू बीचको भावनात्मक दूरी र नजिकतालाई टिजरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन्। जीवनयापनका लागि उनी स्कुलमा… पुरा पढौ

तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी

काठमाडौं । मोडलिङबाट चर्चामा आएका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्। अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘तरङ्ग’ मार्फत उनले फीचर फिल्ममा प्रवेश गर्दै छन्। एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक चलचित्रमार्फत दर्शकमाझ आउन पाउँदा उत्साहित देखिएका छन्। फिल्मको कथा, पात्र र निर्देशकले गरेको विश्वासका कारण आफू ‘तरङ्ग’मा जोडिएको उनले बताए।“मेरो भूमिका शक्तिशाली छ। टिमले गरेको भरोसा मिहिनेतले उतार्नेछु,” बरुणले भने। आफ्नो पात्रप्रति दर्शकले रुचि देखाउनेमा उनी विश्वस्त छन्। चलचित्रको पटकथा स्वयं निर्देशक… पुरा पढौ

‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर : केन्द्रमा अभिनेत्री बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारलाई स्थान दिइए पनि केन्द्रमा अभिनेत्री बेनिशा हमाललाई राखिएको देखिन्छ । पोस्टरमा उनी तीन फरक मुद्रामा देखिएकी छन्। सबैभन्दा ठूलो आकृतिमा बेनिशाको प्रसन्न अनुहार मात्र देखिन्छ, जसले उनको जीवनप्रति रहेको आशावाद झल्काउँछ। अर्को लुकमा उनी रेलिङमा अडेस लगाएर सिगरेट हातमा लिएर उभिएकी छन्, जहाँ उनी तनावग्रस्त मुद्रामा देखिन्छन्। उनको हातका पाँचै औलामा औंठी छन्, एउटा औँलामा त दुईवटा… पुरा पढौ

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जनशिक्षित माविलाई, शान्ती मावि दोस्रो

जैमिनी (बागलुङ), मंसिर १४जैमिनी नगरपालिका–१ कुश्मीसेरामा शनिबार सम्पन्न छैठौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनशिक्षित माध्यमिक विद्यालय, अर्जेवाले उपाधि हात पारेको छ। जनशिक्षित माविले ८ स्वर्ण, ३ रजत र २ कास्य सहित जम्मा १३ पदक जित्दै रनिङ शिल्डको ट्रफी आफ्नो नाममा पारेको हो। प्रतियोगिताको विजेताबारे जानकारी उपप्रमुख हरिहर शर्माले दिएका हुन्। यसपटक शान्ति माध्यमिक विद्यालय, कुश्मीसेरा दोस्रो स्थानमा रह्यो। शान्ति माविले ७ स्वर्ण, २ रजत र ३ कास्य गरी १२ पदक प्राप्त गर्न सफल भयो। तेस्रो स्थानमा राङखानी माध्यमिक… पुरा पढौ