बागलुङ, जेठ १२ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा गएराति आएको भीषण हावाहुरी र असिनापानीसहितको वर्षाले ठूलो क्षति पुर्याएको छ। प्राकृतिक विपत्तिका कारण गाउँका दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयवासीले बताएका छन्। विशेषगरी दाँग क्षेत्रमा आएको तीव्र हावाहुरीले घरका छाना उडाउनुका साथै भित्तामा चिरा पार्ने र विद्युत सेवा अवरुद्ध गराउने जस्ता समस्या निम्त्याएको हो। रातिको समयमा आएको विपत्तिपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए। स्थानीयका अनुसार डेमबहादुर घिमिरे, डुकुराज घिमिरे, चेमकली घिमिरे, मनिषा घिमिरे, तारापति घिमिरे, भीमबहादुर रास्कोटी, कल्पना घिमिरे, देवीचन रास्कोटी,…
पुरा पढौ