जुना श्रीस मगरको “माया रैछ ठूलो” गीत सार्वजनिक 

-


     हिडन खबर    
     जेठ ९ गते २०८३ मा प्रकाशित


लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका जुना श्रीस मगरको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत “माया रैछ ठूलो” सार्वजनिक भएको छ। 

मायाँ, भावना र सम्बन्धको गहिराइलाई समेटिएको यस गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। जुना श्रीस मगरको मिठासपूर्ण स्वरले गीतलाई अझ आकर्षक बनाएको छ भने शब्द तथा संगीतले प्रेमभावलाई जीवन्तता दिएको छ। 

सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय श्रीस मगरका हरेक प्रस्तुति जस्तै, यस गीतले पनि दर्शक–श्रोताबाट माया पाउने विश्वास गरिएको छ।