अर्थतन्त्र

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ

काठमाडौँ-  सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन्। सूर्य थापा नेतृत्वको सहकारी ठगी प्रकरणमा छानबिन गर्न निर्देशन पाएपछि प्रहरीले आफ्नै संस्थाका पूर्वडिआइजी जोशीलाई पक्राउ गरेको हाे । उपत्यका अपराध अनुसन्धान कार्यालयले  जोशीलाई पक्राउ गरेको स्रोतले बतायो । कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ परेका जोशीलाई अनुसन्धानका लागि पोखरा पठाइने भएको छ । सहकारी ठगीका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि अन्यलाई पनि पक्राउ गर्ने तयारी… पुरा पढौ

दशैं तिहारका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट शुरू

काठमाडौं । नेपालीहरूकाे महान चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु… पुरा पढौ

एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट सुरु

५ असाेज काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजकाे आयाेजनामा हुन गइरहेकाे नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट राजधानीमा सुरु भएको छ । २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा आयोजना हुने यस इभेन्टका लागि आजबाट विभिन्न १० वटा विधामा सव-इभेन्टहरु सुरु भएको हो । इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया काेडिनेटर आभास राजभण्डारीले बताए । यस इभेन्टका लागि देशभरका कलेजबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्… पुरा पढौ

बैंकर्स बागलुङको नेतृत्वमा सांग्रिला डेभलपमेन्ट बैंकका श्रीजय श्रेष्ठ

बागलुङ /बैंकर्स बागलुङको नेतृत्वमा सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड बागलुङका शाखाका प्रबन्धक श्रीजय श्रेष्ठ चयन हनुभएको छ। बुधवार बागलुङ बजारमा सम्पन्न बैंकर्स बागलुङको तेस्रो अधिवेशन बाट श्रेष्ठ सर्बसम्मत अध्यक्ष चयन हुनुभएको हो। अधिवेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गरेकाे छ। समितिको उपाध्यक्षमा सिटीजन्स बैंकका संजय घिमिरे, सचिबमा रास्ट्रिय वाणिज्य बैंकका बिमल पौडेल, सहसचिबमा प्रभु बैंकका अर्जुन शर्मा, कोषाध्यक्षमा कुमारी बैंकका रामु पाण्डे चयन हनुभएको छ। समितिकाे सदस्यहरुमा, नेपाल बैंकका कृष्ण बहादुर कुंवर, एनआईसी एशिया बैंकका दिवाकर गौतम, प्राइम कमर्शियल बैंकका सपना… पुरा पढौ

काठमाडौं म्याग्दी बेनीमा साझा यातायातकाे रात्री बस सेवा शुरू

काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बाट म्याग्दी बेनीमा बस सेवा शुरू गर्ने भएको छ । गण्डकी प्रदेशको पर्यटकीय जिल्लाकाे रूपमा परिचित म्याग्दी सदरमुकाम सम्म रात्री बस सेवा संचालन हुने भएको छ ।काठमाडौं बाट बुधबार म्याग्दी बेनीकाे लागि साझाकाे रात्री बस छुटेको साझा यातायात केन्द्रले जनाएको छ । साझाको रात्री सेवा असाेज ३ गते देखि म्याग्दी बेनी देखि काठमाडौं साँझ ६.१५ बजे मा संचालन हुने भएको छ ।काठमाडौं देखि म्याग्दी बेनी… पुरा पढौ

बागलुङ कालीका गुठीको भाद्रमहिनाको हिसाब  सार्वजनिक

बागलुङ असाेज १ नेपालकाे प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर  गुठी ब्यवस्थापन समिति बागलुङले भदौ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले भदौ महिनाको हिसाबकिताब सार्वजनिक गरेको हाे । भदौ महिनाको आम्दानी तर्फ भक्तजनले मन्दिरमा चढाएको भेटी ७ लाख ८६ हजार ५ सय ६५ रूपैयाँ ,चामल बिक्री बाट २१ हजार रूपैयाँ बाेकाकाे टाउको बाट ६९ हजार ७ सय ५० रूपैयाँ ,कुखुरा बाट ६ हजार ५ सय ५० राँगो बाट ३ हजार ६ सय… पुरा पढौ

काठमाडौं बागलुङमा साझा यातायातले बस थप्याे

काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बागलुङमा थप एकवटा बस थप गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा परिचित बागलुङ सदरमुकाम सम्म २०७४ सालदेखि एउटामात्र रात्री बस सेवा संचालन गर्दै आएकोमा यहीँ असाेज १ गतेदेखि थप एकवटा रात्री बस संचालन गर्ने भएको छ । साझाको रात्री सेवा असाेज १ गते देखि बागलुङ - काठमाडौं साँझ ५.३० र ६.३० मा संचालन हुने भएको छ ।काठमाडौं देखि बागलुङ… पुरा पढौ

माआ‌ेवादी अध्यक्षले भने नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको

काठमाडौं, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रुपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले आफूहरुले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताउनुभयो । ‘हामीले नेपालमा जुन प्रकारको राजनीतिक परिवर्तन… पुरा पढौ

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जालाई सफाइ,

२०८१ भदौ २५ काठमाडौं ।बिश्व कै सर्वोच्च शिखर सगरमाथामा गत हिमाल आरोहण सिजनका बेला डोरी काटिएको भनी बाहिर आएको भिडिओका सन्दर्भमा प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ ले सफाइ पाएका छन् । उनले अज्ञात व्यक्तिले डोरी काटेको भन्ने जानकारी र कुराकानीको भिडिओको सामाजिक सञ्जालको सार्वजनिक गरेपछि सरकारले छानबिन गरेको थियो । पर्यटन विभागले आरोही पुर्जासँग लिएको बयान, उनको स्पष्टीकरण तथा अन्य प्रमाणका आधारमा उनले दिएको सूचनाको आशय सगरमाथाको प्रतिष्ठा र गौरवमा आँच पुर्‍याउने उद्देश्य तथा मनशाय नभएको भन्दै सामान्य… पुरा पढौ

बेरूजु शून्य बनाउन सफल स्वास्थ्य कार्यालय बागलुङका लेखा अधिकृत राजभण्डारी सम्मानित

बागलुङ भाद्र २५ बागलुङ ।सरकारी कार्यालय बेरूजु बढ्दै गएको बेला स्वास्थ्य कार्यालय बागलुङमा बेरूजु शुन्य बनाउन प्रभावकारी भुमीका खेलेको भन्दै स्वास्थ्य कार्यालय बागलुङका लेखा अधिकृत सुरेन्द्र जंग राजभण्डारी सम्मानित हुनु भएको छ । उत्कृष्ठ कार्य गरेको भनि सोमबार स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समीक्षा गोष्ठीमा राजभण्डारीलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, जिल्ला समन्वयका प्रमुख अमर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्… पुरा पढौ