अर्थतन्त्र

कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ मा विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं – चर्चित निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै भदौ १२ गते रिलिज मिति समेत घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनी एक गाउँले घरको आँगनमा उभिएर पछाडि फर्केर हेर्दै गरेको अवस्थामा देखिन्छिन्, जसले उनलाई नवविवाहित युवतीझैं देखाउँछ। पोस्टरमा देखिएको परिवेश — ओइलिएको आँगन, पहाडी घर र बादलको घुम्टोले ढाकिएको पृष्ठभूमिले चलचित्रको कथावस्तुबारे अनेकौं अनुमान गराउँछ। कुनै समयसम्म छोडिएको जस्तो… पुरा पढौ

“के घर के डेरा : घर नं २”—जीवनको गहिरो सत्य बोल्ने कथा जेठ २ गतेदेखि सिनेमाघरमा

काठमाडौं।“पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ। मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ...”जीवनको गहिरो सत्य बोकेको यी हरफ चलचित्र *‘के घर के डेरा : घर नं २’*को टिजरबाट लिइएका हुन्, जसले दर्शकको मन र मस्तिष्कमा गहिरो प्रभाव पार्ने प्रयास गरेको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यो चलचित्रले मानिसको जीवन, मृत्यु र अस्तित्वबीचको सम्बन्धलाई सशक्त रूपमा चित्रण गर्छ। “तेरो–मेरो के कुरा, के घर, के डेरा...” भन्ने भावले हामी सबै अन्ततः एउटै अन्त्यतिर अग्रसर छौं भन्ने यथार्थलाई… पुरा पढौ

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि बिरौटामा साइकल र्याली

पोखरा, वैशाख १०पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले वैशाख ११ गते बिहान ७ बजे साइकल र्यालीको आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बागलुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो विमानस्थल हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुने छ। महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्ति महाराजका… पुरा पढौ

चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो । प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो । सिनेमा हेरिसकेपछि ‘भूठान’ले नेपाली चलचित्रलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् । ……………………………. एमालेका उपमहासचिव प्रदीप ज्ञवाली आफ्नो माटो गुमाउनुको पहिचान गुमाउनुको देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको… पुरा पढौ

के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

सामाजिक कथामा आधारित नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मङ्गलबार ‘आँखा’ बोलको लिरिकल गीत सार्वजनिक गरेको हो। जेठ २ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको गीतमा रिकेश गुरुङको सुमधुर स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रहेको छ। प्रेम जोडीको कथा बोकेको गीतको भिडियोमा प्रमुख कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीको प्रेमिल क्षणहरू समेटिएको छ। गीतमार्फत प्रेमी–प्रेमिकाको आँखामा झल्किएको प्रेमभाव देख्न सकिन्छ। भिडियोमा चलचित्रका… पुरा पढौ

‘जार’ले नेपाली सिनेमामा नयाँ उचाइ थप्ने आशा

काठमाडौं । नेपाली सिनेमा क्षेत्रलाई नयाँ आयाम दिने विश्वासका साथ निर्माण गरिएको चलचित्र ‘जार’ वैशाख २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। विषयवस्तु, प्रस्तुति र प्राविधिक पक्षको हिसाबले बलियो रहेको यो चलचित्रले नेपाली फिल्मलाई एक खुड्किलो माथि पुर्‍याउने निर्माण पक्षको दाबी छ। निर्देशक फूर्वा छिरिङ लामाका अनुसार ‘जार’ले नेपाली समाजको गहिरो यथार्थ बोकेको छ। “यो कुनै काल्पनिक कथा होइन, नेपाली समाजमा साँच्चिकै घटेको यथार्थ घटनाको सिनेम्याटिक प्रस्तुति हो,” निर्देशक लामाले भने, “सामाजिक सन्देश बोकेको यो फिल्म हरेक दर्शकको मन छुनेछ भन्ने विश्वास… पुरा पढौ

जन्मभूमि छाडेर जापानलाई कर्मथलो बनाउँदै गायिका ज्योती लोहनी

पोखरा – झन्डै दुई दशकसम्म पोखरामा बसेर लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय रहिएकी लोकप्रिय गायिका ज्योती लोहनी जापान प्रस्थान गरेकी छन्। रोजगारी र अध्ययनको सिलसिलामा दैनिक सयौं नेपाली युवा विदेशिन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाएर आफन्तहरूसँग विदा लिँदै विदेश जानेहरूको भिड सामान्य दृश्य बनिसकेको छ। पछिल्लो समय कलाकर्मीहरूको समेत विदेश पलायन बढ्दै गइरहेको छ। त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीकी वर्तमान महिला सचिव समेत रहेकी गायिका लोहनीले जापानलाई आफ्नो कर्मथलो बनाउने निर्णय गरेकी हुन्। यद्यपि,… पुरा पढौ

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि भारतीय लगानीकर्ताको चासो, ७० करोड लगानीको तयारी

बाँके, ६ वैशाख – बाँकेको नरैनापुर गाउँपालिकामा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानी भित्र्याउने पहल तीव्र बनाइएको छ। सौर्य ऊर्जा परियोजना सञ्चालनका लागि भारतीय लगानीकर्तासँग विस्तृत छलफल गरिएको हो। शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसी नमूना, खजुरा गाउँपालिका–२ का वडा अध्यक्ष धनिराम ओली, सौर्य ऊर्जा विज्ञ भरत विश्वकर्मा र प्रेस विज्ञ आलम खान लगायतले भारतीय लगानीकर्तासँग परियोजनाबारे छलफल गरेका थिए। गाउँपालिका अध्यक्ष शाहले नरैनापुर क्षेत्र विकासका दृष्टिले पछाडि परेको भन्दै… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भइरहेको छ : वडा अध्यक्ष प्रधानाङ्गा

पोखरा, ७ वैशाख – पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालनमा रहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को अवसरमा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रममा सहभागीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। शनिबार कथा प्रवचनको पहिलो दिन पोखरा–२ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा प्रमुख अतिथिका रूपमा सहभागी भए। उनले महायज्ञ सञ्चालनका लागि स्थान उपयुक्त रहेको बताउँदै पोखराको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई अझ सुदृढ बनाउन यस्ता आयोजनाहरूले सहयोग पुर्‍याउने धारणा राखे। “ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ उपयुक्त स्थानमा सञ्चालन भएको छ। यसलाई सफल… पुरा पढौ

बागलुङकी रिमा थापाको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत सार्वजनिक

हरेक व्यक्तिको चाहना हुन्छ सुखद जीवन व्यतीत गर्ने। तर मानिसको जीवनमा अनेक किसिमका उतारचढाव आउने गर्छन्। जीवनमा साँचो सुख प्राप्त गर्ने मानिस कमै मात्र हुन्छन्। जीवनमा दु:ख भोग्नुका अनेक कारण हुन सक्छन्—व्यवहार, आचरण, र सानोतिनो गल्ती पनि दु:खको कारण बन्न सक्छ। यस्तै जीवनका सुख-दु:खका परिवेशलाई समेटिएको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत हालै सार्वजनिक गरिएको छ। जीवनले सोचेजस्तो नहुँदाको पीडा र सोचभन्दा फरक तरिकाले प्राप्त भएको सुखलाई टपक्क टिपेर गायक भिसन थापा मगर ले यस गीतमा शब्द दिएका छन् भने मिलन… पुरा पढौ