
लन्डन, २१ अगस्ट २०२५ — नेपाली सांगीतिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयासस्वरूप गायक विकास सुनार र सिम्रन परियारको स्वरमा रहेको नयाँ डान्सिङ गीत छम्म छम्म पाउजु को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा यज्ञ विकको शब्द, विकास सुनारको संगीत तथा बिमल छिनालको एरेन्ज र मिक्सिङ रहेको छ। अडियो डाइनामिक स्टुडियोमा तयार गरिएको यो गीतले नेपाली सांगीतिक स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।
भिडियोको छायांकन बेलायतको प्रसिद्ध पर्यटकीय स्थल डडल्डोर र लन्डन वरिपरि गरिएको छ। भिडियोमा कार्टुन क्रुकी आस्मा विश्वकर्मा, गायक तथा ‘क्युट सेलिब्रेटी’ प्रताप दास, गायक विकास सुनार र उनकी धर्मपत्नी तुल्सी गौतम सुनारले अभिनय गरेका छन्।
छायांकन तथा निर्देशन रुपेश थापाले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।
गायक विकास सुनार, जो यस गीतका निर्माता पनि हुन्, बेलायतमा एक सफल उद्यमीको रूपमा परिचित छन्। सांगीतिक क्षेत्रसँगै व्यवसायिक दुनियाँमा पनि उनको सक्रियता प्रशंसनीय मानिन्छ।
यो गीतले नेपाली समुदायमा मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकमाझ पनि सांस्कृतिक र भावनात्मक सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ।









