
४ भदौ २०८२, बुधबार, काठमाडौं ।
गणतन्त्र नेपालका प्रथम जननिर्वाचित पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा पुर्व प्रधानमन्त्री प्रचण्डले प्रदर्शनीमा राखिएको दुई सिटे उड्ने कारमा चढेर अनुभव लिनुभयो।
नेपालमै आयोजना हुने सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिने यस वर्षको ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ मूल्य पर्ने गाडीदेखि लिएर उड्ने कारसम्मका अत्याधुनिक सवारीसाधनहरु प्रदर्शनमा राखिएका छन्।
अध्यक्ष प्रचण्डलाई प्रविधिमैत्री शैलीमा रोबोटद्वारा स्वागत गरिएको थियो।

















