बागलुङ जैमिनी नगरपालिका–१ मा तीज प्रतियोगिता हुने

-


     सुजन आचार्य     
     भाद्र ४ गते २०८२ मा प्रकाशित


बागलुङ — जैमिनी नगरपालिका–१ कुस्मि सेरामा तीज विशेष सांस्कृतिक प्रतियोगिता आयोजना हुने भएको छ। वडा कार्यालयको पहलमा आयोजना गरिने उक्त कार्यक्रम भदौ ९ गते हिमालयन बोर्डिङ स्कुलको प्रांगणमा बिहान ११ बजेबाट सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी वडा अध्यक्षले दिएका छन्।

प्रतियोगितामा वडा भित्रका आमा समूह, महिला समूह, महिला उद्यमी समूह लगायतले सहभागिता जनाउन सक्नेछन्। यसबारे वडा कार्यालयले १० वटा वडामा सूचना प्रवाह गरिसकेको छ। कार्यक्रमको अवलोकनका लागि वडा सदस्यहरू तथा वडा कार्यालयका कर्मचारीहरूलाई समेत आह्वान गरिएको छ।

🏆 पुरस्कार विवरण:

स्थानपुरस्कार राशिप्रमाणपत्र
प्रथमरु १२,०००✔️
द्वितीयरु ८,०००✔️
तृतीयरु ५,०००✔️
सान्त्वनारु ३,०००✔️

दर्ता प्रक्रिया:
प्रतियोगितामा सहभागी हुन इच्छुक समूहहरूले भदौ ९ गते दिउँसो १२ बजेभित्र दर्ता गरिसक्नुपर्नेछ। यसबारे नगरपालिका कार्यालयले जानकारी गराएको छ।