बागलुङमा पुरुष भलिबल प्रतियोगिता: खेलकुदको उत्सव सुरु हुँदै

-


     हिडन खबर    
     भाद्र ५ गते २०८२ मा प्रकाशित


बागलुङ, भदौ ५ “जनमभूमि बागलुङको समृद्धिको लागि हातेमालो” भन्ने नाराका साथ बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को भव्य तयारी पूरा भएको छ। असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बागलुङ बजारमा आयोजना हुने यो प्रतियोगिता खेलप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई निम्न पुरस्कारहरू प्रदान गरिनेछ:
प्रथम स्थान: रु. २ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)
द्वितीय स्थान: रु. १ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)
तृतीय स्थान: रु. ५० हजार र (ट्रफी, मेडल र प्रमाण-पत्र) विधागत पुरस्कारहरू- सर्वोत्कृष्ट खेलाडी- उत्कृष्ट स्पाइकर- उत्कृष्ट सर्भिसर- उत्कृष्ट मिडल ब्लकर- उत्कृष्ट डिफेन्स- उदयमान खेलाडी लाई नगदसहित पुरस्कारकाे ब्यवस्था गरेको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष
गंगा शर्माले बताए ।

अन्तराष्ट्रिय बागलुङ समाजले आयोजना गर्ने प्रतियोगिताको व्यवस्थापन जिल्ला भलिबल संघ, बागलुङले सम्हाल्नेछ। खेलकुद संयोजक राजु थापा र किशोर थापा रहेका छन् ।

बागलुङको खेलकुद इतिहासमा यो प्रतियोगिता नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। स्थानीय युवा प्रतिभाहरूको प्रोत्साहन र समुदायको एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले बागलुङलाई खेलकुदको केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना बोकेको छ।