अर्थतन्त्र

माेडल उषा सुबेदीलाई बिन्दबासिनि म्युजिक अवार्ड प्रदान

१५ औ बिन्दबासिनि म्युजिक अवार्ड २०८१ मा सर्बोत्कृष्ट  मोडल जोडि पप तथा आधुनिक बिधा बाट माेडल उषा सुवेदीले अवार्ड  जित्न सफल भएकि छिन । उनी बिदाई भन साईला २ बाेलकाे गीतबाट अवार्ड पाउन सफल भएकी हुन । सर्जक गायक रमेश राज भट्टराईकाे शब्द संगित पुर्णकला बिसी र स्वयम्ब भट्टराईकाे आवाजमा रहेकाे यस गीत माेडल उषा सुवेदी र बिनाेद श्रेष्ठले अभिनय गरेका थिए ।माेडल सुबेदीले आफुलाई याेग्य सम्झी बिजेता बनाउन भाेटिङ गरेर अवार्ड प्राप्त  गर्न सफल बनाउने सबै सबैलाई धन्यबाद दिएकि… पुरा पढौ

चलचित्र ‘कर्मा’ प्रदर्शनमा

काठमाडौं ।आज (शुक्रबार)बाट चलचित्र ‘कर्मा’ प्रदर्शनमा आएको छ । ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको ‘कर्मा’ एकसाथ देशव्यापी रुपमा प्रदर्शनमा आएको हो । नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘कर्मा’ काठमाडौं र मोफसलका हल गरेर करिब १ सय ५० शोमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले एक्सन, ड्रामा र सस्पेन्सको सम्मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ । जसले दर्शकलाई प्रारम्भदेखि अन्त्यसम्म बाँधेर राख्न सफल हुने विश्वास निर्माणपक्षको रहेको छ ।… पुरा पढौ

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

कास्की ,बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।  आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुने छ ।कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु  बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन । पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम… पुरा पढौ

आर्थिक कूटनीतिलाई अघि बढाएका छौँः परराष्ट्रमन्त्री

काठमाडौं , परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले वैदेशिक लगानी भित्र्यान सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गर्नुभयो । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड… पुरा पढौ

पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह

कोशी पर्यटन वर्ष अरु प्रदेशका लागि पनि मार्गदर्शन बन्ने विश्वास तेर्‍हथुम : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभालाई समबाधेन गर्दै उहाँले साँस्कृति विधिता, साहसिक खेल पर्यटन लगायतका प्रचूर सम्भावना रहेको भन्दै कोशी प्रदेश पर्यटन वर्ष सिंगै देशको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत र चीन दुवै छिमेकी देशसँग जोडिएको… पुरा पढौ

अभिनेता विपीन कार्की आफ्नो कम्फर्ट जोनछोडेर पहिलोपटक एक्सन सिनेमामा

काठमाडौं । अभिनेता विपीन कार्की आफ्नो कम्फर्ट जोन छोडेर पहिलोपटक एक्सन सिनेमामा देखिँदैछन् । ‘कर्मा’मा उनी पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । सोसल ड्रामामा काम गर्दै आएका विपीन पहिलोपटक एक्सनमा काम गर्न कसरी तयार भए ? निर्देशक सौरभ चौधरीको पहिलो अफरमै उनले एक्सन भूमिकामा काम गर्न विपीन तयार भएका थिए । नयाँ नयाँ स्टोरी र जनरमा काम गर्न रुचाउने विपीनले एक्सनमा काम गर्न सहजै तयार भएका थिए । ‘कर्मा’का लागि विपीनले तौल घटाउने, जिम जानेसम्मको काम गरेका थिए । निर्देशक सौरभ चौधरी… पुरा पढौ

३६ दिनमा ‘वरिष्ठ बलराम’को इन्डक्ल्याप

दयाहाङ र विजयको 'वरिष्ठ बलराम' को  छायांकन सम्पन्न काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो । “हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने, “अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ ।” सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए । चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ… पुरा पढौ

कर्मा’ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल

काठमाडौं । नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र 'कर्मा'ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल भएको छ । ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित यो चलचित्रको ट्रेलर, टाइटल गीत र सिनेमामा समावेश ‘पागल’ बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन् । टिजर, ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको ध्यान खिच्न सफल भइसकेका छन् । केही दिन अघि सार्वजनिक भएका चलचित्रका ट्रेलर र गीतले हाल युट्युबमा… पुरा पढौ

सिवाईसीको १६ औँ स्थापना दिवसस बाल बचतकर्ता जागरण एवं स्नेह मिलन

बागलुङ ,विभिन्न कार्यक्रम गरी १६ औँ स्थापना दिवस मनाईरहेको सिवाईसी बचत तथा ऋण सहकारीले  सोमबार  बाल बचतकर्ता जागरण तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले १६ औं स्थापना दिवस २०८१ को अवसरमा सञ्चालीत “जागौ, जगाऔं र बढाऔं” अभियान अन्तर्गत आयोजित कार्यक्रममा संस्थामा आवद्ध बाल बचतकर्ताहरूसँग जागरण तथा स्नेह मिलन गरिएको हो । संस्थामा आवद्ध बालबालिकालाई बचतको महत्व बुझाउने, सानैदेखि बचत गर्ने बानीको विकास गराउने, तथा सानै उमेरदेखिनै नेतृत्व क्षमताको अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा… पुरा पढौ

चलचित्र ‘द महावीर’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । जिबी आग्रीले निर्देशन गर्ने चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ । दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ । बीचमा ठूलो  तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ, यो युद्धको संकेत हो ।   चलचित्रको स्लोगन… पुरा पढौ