अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले आश्रम निर्माणमा सहयोग

-


     हिडन खबर    
     कार्तिक २५ गते २०८२ मा प्रकाशित


बागलुङ । सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा देश तथा विदेशबाट सहयोगी हातहरू अगाडि बढिरहेका छन्।

मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा अन्तर्राष्ट्रिय बागलुङ समाज परिवारले सहयोग गरेको छ।

समाजले आश्रमको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा शर्माले बताउनु भयो ।

महायज्ञबाट संकलित रकम शाखाको भवन निर्माणमा खर्च गरिने सहयोग गर्ने दाताको नाममा काेठामा पहिचान खुल्ने गरि नामाकरण गरिने छ। महायज्ञ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।