दर्जनौं कलाकारले बेलायतमा मनाए दशैँ

-


     हिडन खबर    
     असाेज १६ गते २०८२ मा प्रकाशित


सांगीतिक कार्यक्रममा सहभागी हुन बेलायत पुगेका दर्जनौं कलाकारहरूले यहाँ दशैँ बिताएका छन्।

चर्चित गायक तथा संगीतकार राजन राज शिवाकोटी कार्यक्रमको सिलसिलामा बेलायतमा छन् र दशैँ मनाएका छन्। यस्तै, बहुप्रसिद्ध गायक रामजी खाँड पनि आफ्ना आफन्त, साथी तथा भाईसँग दशैँ मनाइरहेका छन्।

लोकप्रिय गायक राज सिग्देल पनि कार्यक्रमका क्रममा बेलायतमा छन्। गायक तथा दक्ष कार्यक्रम प्रस्तोता राजेश बर्देवा पनि बेलायतमा छन् र उनले पनि आफन्त, साथी तथा भाईसँग दशैँ मनाएका छन्।

लोकप्रिय गायिका देबि घर्ती मगर पनि कार्यक्रममा सहभागी हुँदै बेलायतमा छन्। गायक युवराज मगरलाई बाग्लुङ समाज बेलायतले निमन्त्रणा गरेको छ र उनी पनि दशैँ बेलायतमै मनाइरहेका छन्।