राम थापाद्वारा बुवाआमाको स्मृतिमा आश्रममा एक कोठा निर्माण

-


     हिडन खबर    
     कार्तिक २४ गते २०८२ मा प्रकाशित


बागलुङ। स्थायी ठेगाना बागलुङ नगरपालिका–३ गुठी भई हाल बेलायत निवासी परोपकारी दम्पती राम थापा र लक्ष्मी थापाले स्वर्गीय बुबा लालबहादुर थापा तथा आमा गम्भिरा थापाको स्मृतिमा मानवसेवा आश्रम, बागलुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ।

थापा दम्पतीले आश्रम शाखामा एक कोठा निर्माणका लागि आवश्यक पर्ने ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको हो।

आश्रमको भवन निर्माण कार्य तथा समाजसेवामुखी अभियानप्रति देखाउनुभएको उदारता, सहयोग भावना र प्रेरणादायी योगदानप्रति मानवसेवा आश्रम परिवारले थापा दम्पतीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

मानवता प्रवर्द्धनका लागि सञ्चालन भइरहेको यस अभियानमा देश–विदेशका मनकारी दाताबाट निरन्तर सहयोग प्राप्त भइरहेको र यसले भवन निर्माण कार्यलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ।