अर्थतन्त्र

‘शिवांश : च्याप्टर–१’को छायांकन पोखराबाट सुरु, फलामको साङ्लोमा बाँधिएका नायक

काठमाडौं —बैशाख ३० पछिल्लो समय नेपाली चलचित्रमा फरक स्वाद र शैली ल्याउने प्रयास भइरहेका बेला नयाँ चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन विधिवत रूपमा सुरु भएको छ। पोखराको लामाचौरस्थित ऐतिहासिक अकला मन्दिरमा पूजा अर्चना गरेर शुभ साइतमा छायांकन सुरु गरिएको हो। निर्देशक सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशन रहेको यो चलचित्र अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति हो। चलचित्रका निर्माता अञ्जान केसीका अनुसार पोखराका विभिन्न स्थानमा करिब एक महिनासम्म छायांकन चल्नेछ। कथा पनि उनी स्वयंले लेखेका हुन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस… पुरा पढौ

सहरको माटोमा टेकेको मौलिक कथा लिएर ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा

काठमाडौं – नेपाली सिनेमा प्रायः गाउँले परिवेशमा आधारित हुने गरेको पाइन्छ। तर, यो सोचलाई तोड्दै निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ सहरको माटोमा टेकेको मौलिक कथासँगै जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रका निर्देशक तथा कलाकारहरूले सहर पनि नेपाली कथा भन्न सक्ने मौलिक थलो भएको स्पष्ट पारेका छन्। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले फिल्मका कथा, विचार र सन्देशबारे धारणा राखे। गाउँ मात्र होइन, सहर… पुरा पढौ

गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु, भोलि लिङ्देनको उपस्थिति

पोखरा — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन आइतबारदेखि सुरु भएको छ। उनले आगामी जेठ ३ गतेसम्म कथा वाचन गर्नेछन्। शनिबार वाल्मीकि श्रीरामकथा वाचक पं. पराकुशजीको विदाइसँगै दिनबन्धुको प्रवेश भएको हो। भोलि बुद्ध पूर्णिमाको अवसरमा भव्य कार्यक्रम गरिँदै छ, जसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहनेछ। हिन्दू, बौद्ध, किरातलगायत धर्मगुरुहरू, सांस्कृतिक प्रस्तुति तथा प्रवचन कार्यक्रम समावेश गरिनेछ। महायज्ञका संकल्पकर्ता विजयश्री कृष्णमूर्ति जी महाराजले धर्मलाई समन्वयको प्रतीकका रूपमा व्याख्या गरेका छन्।… पुरा पढौ

जार’ले भारतमा दर्शक लटायो, निर्देशकलाई हलमै उपन्यास उपहार!

काठमाडौं, वैशाख २७ — शुक्रबारबाट नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जार’ भारतका नेपाली भाषी क्षेत्रमा हिट भएको छ। सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा दर्शकको चाप बढेपछि थुप्रै मल्टिप्लेक्सले शोज थप्न थालेका छन्। सिलिगुडीको आइनक्स हलमा पहिलो दिनदेखि नै शोज विस्तार गरिएको कार्यकारी निर्माता ज्योती क्षेत्रीले जानकारी दिइन्। दोस्रो चरणमा मिरिक, आसाम, देहरादून, दिल्ली, कोलकाता लगायतका सहरमा प्रदर्शन हुँदैछ। उता नेपालमा पनि ‘जार’ले दर्शक र समीक्षकबाट प्रशंसा बटुल्दैछ। काठमाडौंका क्यूएफएक्स र रञ्जना सिनेमाज्जस्ता हलहरूमा पुगेका सौगात मल्ल… पुरा पढौ

गण्डकी कोटिहोम उल्लासमय : कलाकारदेखि आयुक्तसम्मको सहभागिता

पोखरा, वैशाख २७ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ शुक्रबार विशेष आकर्षणका साथ सम्पन्न भयो। साधु–सन्त, हास्यकलाकार, लोकगायक–गायिकाको उपस्थिति र भक्तजनको उत्साहले कार्यक्रम उल्लासमय बनेको छ। चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली, गायिका समीक्षा अधिकारी, पार्वती जिसीलगायत कलाकारहरूको प्रस्तुति र भजनले धार्मिक वातावरण सजीव बनाएको थियो। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्य प्रमुख अतिथि रहनुभयो। टोखा नगरपालिका प्रशासकीय प्रमुख शेरबहादुर बिसीले आफ्नै भजनको भिडियो विमोचन गर्दै २५ हजार रुपैयाँ दान गर्नुभएको छ। अन्य भक्तजनबाट… पुरा पढौ

कोटिहोममा भक्तजनको घुइँचो, भोलि समीक्षा अधिकारीको विशेष प्रस्तुति

पोखरा, वैशाख २६ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा दैनिकजसो भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। “जे जसले सक्छ, त्यो त्यहीँ दान” भन्ने भावनासहित भक्तजनले आर्थिक सहयोगदेखि दैनिक सामग्रीसम्म योगदान गरिरहेका छन्। गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङले ५१ हजार रुपैयाँ, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, र राधिका खत्रीले २५ हजार २५ रुपैयाँ कोटिहोममा दान गरेका छन्। महायज्ञमा वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले “शास्त्र हराए संस्कार हराउँछ” भन्दै हिन्दू राष्ट्रको वकालत गर्दै मन्तव्य दिएका थिए। विशेष… पुरा पढौ

वर्षा शिवाकोटीको प्रवेशसँगै ‘महाराजधिराज’ मा स्टार कलाकारको भीड

काठमाडौं ।बैशाख २६ चलचित्र महाराजधिराज मा कलाकार अनुबन्धको क्रम जारी छ। बलियो स्टार कास्ट बनाउने लक्ष्यका साथ निर्माण पक्षले नायिका वर्षा शिवाकोटीलाई अनुबन्ध गरेको छ। यसअघि आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका थिए। वर्षाको प्रवेशसँगै चलचित्रमा स्टार कलाकारहरूको बाक्लो उपस्थिति देखिएको छ। यसले दर्शकहरूमा चलचित्रप्रति उत्साह थपेको छ। चलचित्रमा जय किशन बस्नेत पनि महत्वपूर्ण भूमिकामा देखिने निश्चित भइसकेको छ।महाराजधिराज लाई निर्देशक परिच्छेद सेनले निर्देशन गर्दै छन्। चलचित्रको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ र फिल्म यस वर्षको… पुरा पढौ

चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न, कलाकारदेखि नेतासम्मको उपस्थितिमा प्रशंसा बटुल्यो

ललितपुरको क्यूएफएक्स लाभिम हलमा चलचित्र ‘जार’ को भव्य प्रिमियर सम्पन्न भएको छ। सिक्किम र सिलिगुडीमा सफल प्रिमियरपछि नेपालमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, विपिन कार्की, केकी अधिकारी, नेतृ हिसिला यमी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। इन्द्रबहादुर राईको कथामा आधारित यो चलचित्र २२५ वर्ष पुरानो सामाजिक पृष्ठभूमिमा आधारित छ। चलचित्रले संस्कृति, प्रेम, वीरता र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रिमियरमा प्रशंसा बटुल्यो। डा. भट्टराईले ‘जार’ लाई पूर्ण मौलिक चलचित्र भन्दै नयाँ… पुरा पढौ

‘केही भनेकै छैन’ सार्वजनिक: सुदिप र शान्ती श्रीको मन छुने लोकदोहोरी

काठमाडौं।लोकप्रिय गायक सुदिप अधिकारी र चर्चित गायिका शान्ती श्री परियारको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ। सुदिप अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतका शब्द र संगीत स्वयम् सुदिप अधिकारीले तयार पारेका हुन्। कमल सौरागको संगीत संयोजनमा तयार भएको गीतमा कुमार राना मगरको मिक्सिङ र मास्टरिङ रहेको छ। रेकर्डिङको जिम्मा खुमन राना र सुमन रानाले सम्हालेका छन्। भिडियो पक्षमा पनि गीत सशक्त छ। ओवी रायमाझी र जुना विश्वकर्माको मुख्य अभिनय रहेको भिडियोको… पुरा पढौ

पोखरामा हजार कन्याको पूजा, हजार ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा, १७ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा विशेष कार्यक्रम अन्तर्गत १,००० भन्दा बढी बालिकाको पूजा र ७० वर्ष माथिका १,००० ज्येष्ठ नागरिकको सम्मान हुने भएको छ। कार्यक्रमका प्रचार संयोजक लेखराज ढकालका अनुसार आगामी शनिबार ३ देखि ९ वर्ष उमेर समूहका कन्याहरुको विशेष पूजन हुनेछ भने ज्येष्ठ नागरिकलाई गीता र रामनाम पुस्तक वितरणसहित सम्मान गरिनेछ। महायज्ञमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढी भक्तजन सहभागी भइसकेका छन्। १०८ श्रीमद्भागवत पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री… पुरा पढौ