महायज्ञमा रुद्रबहादुर–कमला क्षेत्रीद्वारा १ लाख ५१ हजार १०५ दान

-


     हिडन खबर    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित


बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ जारी महायज्ञमा जलजला गाउँपालिका–८ निवासी रुद्रबहादुर महत र कमला महत क्षेत्रीले १ लाख ५१ हजार १०५ रुपैयाँ दान गर्नुभएको छ।

दाताहरूले मानवसेवा र समाजसेवाप्रतिको समर्पण व्यक्त गर्दै असहाय तथा विपन्न व्यक्तिहरूको सहयोगमा योगदान दिन पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन्। आश्रम परिवारले दाताप्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त सहयोग रकम भवन निर्माणका साथै असहाय व्यक्तिहरूको संरक्षण, स्वास्थ्य तथा शिक्षासम्बन्धी सेवामा उपयोग गरिने जनाएको छ।

महायज्ञको क्रममा देश–विदेशका विभिन्न दाताहरूले समेत सक्रिय सहभागिता जनाउँदै आश्रमलाई सहयोग प्रदान गरिरहेका छन्। आयोजकहरूले यस्तो परोपकारी योगदानले समाजमा मानवसेवा र सहयोगको महत्त्वलाई उजागर गरेको बताएका छन्।

यसरी स्थानीय दाताहरूको सहयोगले मात्र नभई मुलुकभरका दाताहरूको सहभागिताले बागलुङ शाखाको भवन निर्माण कार्य थप गति लिने विश्वास व्यक्त गरिएको छ।