काठमाडौं, जेठ १७ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट दिने व्यवस्था गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ। महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा आर्थिक विधेयक २०८२ मार्फत आयकर ऐन, २०५८ मा संशोधन गरी जलस्रोत ऐन, २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले आफ्नो उद्देश्यअनुसार आर्जन गरेको रकममा कर छुट हुने कानुनी व्यवस्था गरिएको उल्लेख गरिएको छ। महासंघले उक्त निर्णयका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, अर्थ समितिलगायत…
पुरा पढौ