अर्थतन्त्र

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्ने

सङ्खुवासभा, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो । “विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह… पुरा पढौ

बागलुङ जिल्लाका १० वटा स्थानीय तहकाे बजेट विनियोजन

बागलुङ जिल्लाको १० वटा स्थानीय तहलाई संघीय सरकारले आर्थिक बर्ष २०८१/८२ काे लागि बजेट बिनियाेजन गरेको छ । बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्य बागलुङ नगरपालिका १ अरब १९ कराेड ६६ लाख ,गलकाेट नगरपालिका ४९ कराेड ८ लाख ,जैमुनी नगरपालिका ५२ करोड ७९ लाख,ढाेरपाटन नगरपालिका ५० कराेड ४७ लाख रूपैयाँ विनियोजन गरेको छ । यस्तै बागलुङ जिल्लाको ६ वटा गाउँ पालिका मध्य काठेखाेला गाउँ पालिका ४३ करोड ६लाख ,बडिगाड गाउँ पालिका ५३ करोड ६४ लाख ,ताराखाेला गाउँ पालिका २४ करोड… पुरा पढौ

भारतीय दुताबास बाट झन्डै ५ करोड सहयोग स्थानीयकाेअसहमति पछि योजना अलपत्र ?

काठमाडौं /चन्द्रागिरि पहाडको काखैमा अवस्थित चन्दन भराटेश्वर महादेव मन्दिर काठमाडौंको महादेवस्थानमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो। चन्द्रागिरि नगरपालिका-६ मा रहेको यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्‍गमध्ये ५०औं मानिन्छ। ऐतिहासिक धार्मिक शक्तिपिठ चन्दन भराटेश्वर मन्दिर क्षेत्र भित्र बिभिन्न संरचना निर्माण गर्न छिमेकी मुलुक भारतीय राजदूताबास बाट झन्डै ५ करोड सहयोग गर्ने भएपछि भब्य संरचना निर्माण हुने डिपिआर तयार भएर ठेक्का सम्झौता भएपछि स्थानीय बासिन्दा आफ्नो अधिकार संरक्षण हुनुपर्ने माग गरेका छन् । प्रसिद्ध धार्मिक शक्तिपिठ चन्दन भरातेश्वर महादेव मन्दिर प्राङ्गण काठमाडौंमा भारतीय राजदूतावासले गुरू… पुरा पढौ

सडकको काम दश महिनापछि पुन सुरु

बागलुङ /सरकारले ठेकेदार कम्पनी लाइ भुक्तानी दिन नसकेको कारण ठप्प रहेको बागलुङको एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक सरकारले बजेट छुट्टयाइएपछि पुन शुरू भएको छ ।तिब्र गतिमा भइरहेको काम ठेकेदार कम्पनीले भुक्तानी पाउने सुनिश्चित भएपछि कामले गति लिएको छ । बागलुङ बजार देखि सिगाना हुँदै शान्तिपुर जोड्ने सडकको काम दश महिनापछि पुन सुरु भएको छ ।  निमार्ण कम्पनीले काम गरेको भुक्तानी नपाएको भन्दै १० महिना अगाडि निमार्णको काम बिचैमा छाडेकोमा अहिले भने काम पुन तिव्रता दिएको छ । तीन करोड… पुरा पढौ

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँने तयारीमा

विराटनगर, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा… पुरा पढौ

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने ?

सिन्धुपाल्चोक, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।”… पुरा पढौ

कार्यदलमा ४ बुँदे सहमति, प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

काठमाडौं / संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई प्रतिवेदन बुझाएको छ। आज कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरेपछि सार्वजनिक गरिएको हो। प्रधानमन्त्री सचिवालयका अनुसार संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो।  कार्यदलमा ४ बुँदे सहमति भएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद तीन महिना… पुरा पढौ

गृहमन्त्री लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता,बुधबारका लागि पेशी तोकियो

काठमाडौं — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग सहित सर्वोच्च अदालतमा आज दिउँसो रिट दर्ता भएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता  गरेका हुन्  । रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ । अधिवक्ता भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गरेका छन्  । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको… पुरा पढौ

सहकारी पीडितहरूकाे आन्दोलन माइतीघरमा जारी

काठमाडौं / सरकारले सहकारी पीडितहरू संग सरकारले गरेको पटकपटक सहमति लागु नभएको भन्दै देशभरका सहकारी पीडितहरू आन्दोलनमा उत्रिएका छन् ।सहकारी  बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले राजधानीकाे माइतीघर मण्डलामा चाैथाे दिन पनि आन्दोलन जारी राखेका छन् । देशभरका लाखौं बचत कर्ताहरूले सहकारी जम्मा गरेको बचत रकम सहकारीका संचालकहरूले अवचलन गरेर फरार भएकाे भनेर बचत कर्ताहरू माइतीघर मण्डलामा धर्ना दिदै बिराेध प्रदर्शन गरिरहेका छन् । सहकारीमा बचत कर्ताहरूले जम्मा गरेको रकम फिर्ता गराउन एक बर्ष अगाडि देखि आन्दोलन गर्दै आएको सहकारी बचत… पुरा पढौ

सहकारी पीडितहरू माइतीघरमा आन्दोलनमा

राजेशचन्द्र राजभण्डारीकाठमाडौ / सरकारले सहकारी पीडितहरू संग गरेको पटकपटक सहमति लागु नगरेपछि यतिबेला देशभरका सहकारी पीडित हरू आन्दोलनमा उत्रिएका छन् ।सहकारी  बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले राजधानीकाे माइतीघर मण्डलाबाट आन्दोलन शुरूवात गरेका छन्। देशभरका लाखौं बचत कर्ताहरूले सहकारी जम्मा गरेको बचत रकम सहकारीका संचालकहरूले अवचलन गरेको भनेर बचत कर्ताहरूले जम्मा गरेको रकम फिर्ता गराउन एक बर्ष अगाडि देखि आन्दोलन गर्दै आएको सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियानले तेस्रो चरणको आन्दोलन घाेषणा गरेपछि यतिबेला फेरि आन्दोलन अगाडि बढिरहेको छ  सरकार संग… पुरा पढौ