चलचित्र ‘जार’मा आठ मिनेटको बाघ दृश्यका लागि दुई करोड खर्च

-


     हिडन खबर    
     वैशाख १६ गते २०८२ मा प्रकाशित


काठमाडौं – साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित नेपाली चलचित्र ‘जार’ मा बाघको दृश्य बनाउन दुई करोड रुपैयाँ खर्च गरिएको छ।

चलचित्रका निर्देशक फुर्वा छिरिङ लामाका अनुसार मुख्य पात्र सौगात मल्लले बाघसँग आमनेसामने हुने आठ मिनेट लामो दृश्यलाई VFX प्रविधिबाट तयार गरिएको हो। सो दृश्य नसमेट्दा कथा अधुरो हुने भन्दै निर्देशक लामाले फ्रिलान्सर VFX कलाकारमार्फत काम गराएका हुन्।

३७ जना VFX कलाकारको टोलीले लामो समय लगाएर तयार पारेको बाघ दृश्यमा ‘गेम अफ थ्रोन्स’‘मिसन इम्पोसिबल’ जस्ता हलिउड फिल्ममा काम गरेका विशेषज्ञहरू समेत संलग्न थिए।

‘जार’ आगामी वैशाख २६ गते नेपाल, भारत लगायत अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउनेछ। चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायत कलाकारको मुख्य भूमिका छ।

सिक्किममा छायांकन गरिएको सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई लगायत रहेका छन्।