काठमाडौं — जेन्जी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको गैरकानुनी विद्युत् खरिद सम्झौता भएको आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्न माग गरेको छ। संगठनले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा उक्त सम्झौतालाई “राष्ट्रघाती” भन्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरिएको छ। वक्तव्यमा भनिएको छ, “विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको यो सम्झौताले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक हितमाथि गम्भीर…
पुरा पढौ