पोखरामा लायन्स तथा लियो क्लबको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     श्रावण १५ गते २०८३ मा प्रकाशित


कास्की, साउन १५

“हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रका साथ सामाजिक सेवामा समर्पित विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत गण्डकी एरियाको लायन वर्ष २०२६–२७ को पहिलो संयुक्त सदस्यता ग्रहण तथा पदस्थापन (Joint Induction & Installation) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

लायन्स क्लब अफ पोखरा कुमुद तथा लियो क्लब अफ पोखरा कुमुदको आयोजनामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन, नयाँ सदस्यहरूको सदस्यता ग्रहण तथा आगामी कार्यकालका योजना र प्रतिबद्धतामाथि छलफल गरिएको थियो।

कार्यक्रममा क्लस्टर चिफ लायन सुशील लम्साल, रिजन चेयरपर्सन लायन बिजेन्द्र चौधरी, जोन चेयरपर्सन लायन सागर पौडेल, क्लब अध्यक्ष लायन सङ्गीता श्रेष्ठलगायत लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्य र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरिएको थियो। साथै क्लबमा आबद्ध भएका नयाँ सदस्यहरूलाई स्वागत गर्दै लायन्सको सेवामूलक अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा लायन्स र लियो क्लबले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।