
बागलुङ माघ १०
बागलुङमा एकल महिलालाई सहयोग हस्तान्तरण गरिएको छ।
विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धौलागिरी बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामले बागलुङ नगरपालिका–५, मालिकामा सहयोग प्रदान गरेको छ।
मौलाडाँडा निवासी एकल महिला कालिका किसान र उहाँकी छोरी सोबिता किसानलाई खाद्यान्न, सरसफाइका सामग्री, ब्लाङ्केट, आयआर्जनका लागि कुखुराका चल्ला तथा दाना हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सफल बनाउन लायन्स क्लबका अध्यक्ष तथा सदस्यहरू, लायन्स क्लब अफ बागलुङ युनियनका कोषाध्यक्ष ईश्वर खत्री, वडा नं. ५ का अध्यक्ष हरि प्रसाद शर्मा, समाजसेवी सोमनाथ सापकोटा, मालिका माध्यमिक विद्यालयका लेखापाल अर्जुन सापकोटा, साथै बिमल रिजाल, मोहन बिक र राम्जी सापकोटाको सक्रियता रहेको थियो।
सहयोग कार्यक्रमले एकल महिलाको आत्मनिर्भरता र सामाजिक सम्मानलाई बल पुर्याउने अपेक्षा गरिएको छ। आगामी दिनमा स्वास्थ्य, शिक्षा र महिला सशक्तिकरणका क्षेत्रमा पनि निरन्तर सहयोग गर्ने योजना रहेको आयोजक लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष राजेश भारीले बताए ।














